दोस्रो संस्करणको वराहक्षेत्र मेयर लिग कप वडा नं १ फाइनलमा प्रवेश

  • फागुन १, २०८०
  • कोशीपत्र/संवाददाता
alt - संगम विष्ट

वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत वडा नं १ फाइनलमा प्रवेश गरेको छ ।

सोमवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नं ३ लाई शून्यका विरुद्ध तिन गोलको अन्तरले पराजित गर्दै वडा नं १ फाइनलमा प्रवेश गरेको हो ।

खेलमा वडा नं १ का लागि पहिलो हापको थपिएको अतिरिक्त समयमा प्रसान्त राई, छेमेहाङ राई र दोस्रो हापको ३० औ मिनेटमा पुनः छेमेहाङ्ग राईले गोल गरेका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेका वडा नं १ का छेमेहाङ्ग राई म्यान अफ द म्याच घोषित भए ।

उनले नगद दुई हजार एक सय सहित ट्रफी हात पारेका थिए । प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम सेमिफाइनल खेल समूह ‘ख’को विजेता वडा नं ५ र समूह ‘क’ को उपविजेता वडा नं ७ का बिच हुनेछ ।

वडा नं.७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिता वराहक्षेत्र नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भएको हो । प्रतियोगितामा खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान नारा दिईएको छ

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

धरानमा विविध कार्यक् ...

धरान/ शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६९औँ जन्मजय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved