टिकट काटेर गरे मुख्यमन्त्री कार्कीले एक्सपो अवलोकन

  • पुस १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङ व्यापार संघ ट्रेड एक्सपो अवलोकन गरेका छन् ।

उनी बुधबार अपरान्ह एक्सपो स्थल विराटनगर– २ स्थित शंकरपुर मार्ग पुगेका थिए । आफूसहित सुरक्षाकर्मी र सचिवालयका कर्मचारीको नाममा एक सय दरका दशवटा टिकट आफै खरिद गरे ।

त्यसपछि प्रवेशद्वारमा खटिएका प्रतिनिधिलाई टिकट देखाएर एक्सपो परिसरभित्र प्रवेश गरे ।

व्यापार संघका अध्यक्ष नविन रिजालले भने,“टिकट काटेर नै यस्ता आयोजनाहरु अवलोकन गर्नुपर्छ भन्ने विराटनगरबासीलाई सन्देश दिन मुख्यमन्त्रीले प्रयास गर्नु भएको हो ।”

मुख्यमन्त्री कार्कीका स्वकीय सचिव दिवश राजवंशीका अनुसार कार्कीले टिकट काटेरै एक्सपो अवलोकन गर्ने इच्छा राखेका थिए ।

“विराटनरमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा टिकट खरिद नगर्ने बरु पास लिएर मात्रै प्रवेश गर्ने परिपाटी ठिक होइन भन्ने सन्देश दिन टिकट खरिद गरी एक्सपो अवलोकन गर्न जानु भएको हो,” राजवंशीले भने । त्यस क्रममा मुख्यमन्त्री कार्कीले विभिन्न स्टल अवलोकन गर्दै उत्पादन र व्यापारबारे जानकारी लिएका थिए ।

रिजालका अनुसार सुस्ताएको आर्थिक क्षेत्रलाई केही चलायमान बनाउन मद्दत मिलोस भनेर एक्सपो आयोजना गरिएको हो । हालसम्म करिब ८० हजार मानिसले अवलोकन गरेका छन् । पुस ६ गतेदेखि १६ गतेसम्म संचालन हुने एक्सपोमा अढाइ सय स्टल रहेका छन् ।

त्यहाँ कृषि, औद्योगिक तथा सेवा क्षेत्रका उत्पादन प्रदर्शन र बिक्रीमा राखिएका छन् ।

“मुख्यमन्त्री ज्यूले कृषि, उद्योग र उत्पादनसँग सम्बन्धित कम्पनी तथा औद्योगिक प्रतिष्ठानका सामग्रीबारे जानकारी लिनुभयो,”

राजवंशीले भने,“प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयदेखि साना घरेलु उद्योग र हस्तकला उत्पादनबारे चासो लिएर छलफल गर्नुभयो ।”

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved