इनरुवामा धूप बनाउने तालिम सम्पन्न

  • पुस ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इनरुवा/ सुनसरीको सदरमुकाम इनरुवामा महिलाहरुका लागि धूप बनाउने तालिम सम्पन्न भएको छ ।

हाम्रो सहयात्रा मञ्च सुनसरीको सहकार्य तथा विन्दवासनि दाहाल दिदीबहिनी समूहको आयोजनामा धूप बनाउनेसम्बन्धी एकदिने तालिम सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष विनीता दाहालका अनुसार इनरुवा नगरपालिका–३ र ५ नम्बर वडाका दाहाल गृहिणी दिदीबहिनी महिलाहरुलाई व्यावसायिक बनाउन धूप बनाउने तालिम प्रदान गरिएको छ । इनरुवाका दुई वटा वडाका ४० जना गृहिणी महिलालाई धूप बनाउने तालिम दिइएको दाहालले जानकारी दिईन ।

तालिमको समापनको अवसरमा संस्थाका अध्यक्ष दाहालले सहभागीहरुलाई सीप सिकेर मात्रै नहुने भन्दै व्यवहारमा उतार्नुपर्ने सुझाव दिईन ।

घरमा आफ्नो आवश्यकता पूर्ति गर्न, फजुल खर्च बचाउन र बढी उत्पादन गरेर बिक्री गरी केही आम्दानी गर्ने उद्देश्यका साथ तालिम दिएको बताईन । उनले समूहमा लगानी गरी धूप बनाउन सल्लाह दिदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

प्रशिक्षकले व्यवसायमा लागेर कुनै सहयोग आवश्यक परेमा आफूले सहयोग गर्न तत्पर रहेको बताए ।

तालिमले आफूहरुलाई व्यावसायिक बन्न उत्प्रेरणा दिएको सहभागीहरुले बताएका छन् । तालिममा सहभागी मञ्जु दाहालले गाउँगाउँ टोलटोलमा बसेर समय खेर फाल्नुभन्दा घरमै बसेर कागज र धूपका सामग्रीहरु राखेर धूप बनाउने बताईन ।

 

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

प्रधानमन्त्रीलाई दवा ...

धरान/ नेपाल सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान ...

राष्ट्रिय नृत्य रिया ...

धरान/ धरानकी नृत्य कलाकार इचिङ्ग्सा लिम्बु राष्ट्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved