दुईपक्षको सहमतिसँगै मनमोहन अस्पतालको विवाद साम्य

  • पुस ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

झापा/ मनमोहन अस्पताल बिर्तामोड र मृतकको परिवारबीच सहमति भएको छ । सहमतिसँगै मंगलबार विहानदेखि अस्तापलमा भएको तनाव सकिएको छ ।

अस्पतालले घटनाको छानविन गर्ने भनेपछि दुई पक्षबीच सहमति भएको अस्पतालका कार्यकारी प्रमुख रोमणी भट्टराईले जानकारी दिए ।

पीडित परिवारले दुई जना बच्चाको शिक्षा र भरणपोषण अस्पतालले व्यवहोर्नुपर्ने सर्त राखेको थियो । सूचना अनुसार अस्पतालले १३ लाख क्षतिपूर्ति दिएको बुझिएको छ । तर, अस्पतालका कार्यकारी प्रमुख भट्टराईले नगदको विषय खुलाएनन् ।

सोमवार विहान खुट्टा सुन्निएर उपचारका लागि बिर्तामोड–३ निवासी नर्वदा बाँस्कोटालाई मनमोहन अस्पतालमा भर्ना गरिएको थियो ।

उनको उपचारका क्रममा सोमवार साँझ नै मृत्यू भएको थियो । उपचारमा लापरबाही भएका कारण बाँस्कोटाको मृत्यू भएको परिवारले दावी गरेको थियो । उपचारमा लापरबाही भएको भन्दै मंगलबार दिनभर अस्पतालमा तनाव भएको थियो ।

मृतक परिवारको पक्षमा आएका मानिसहरुले अस्पतालमा ढुङ्गामुढा समेत गरेका थिए । दुई पक्षबीचको सहमतिसँगै परिवारले शव बुझेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved