भोजपुर सुनसरी समाजको रक्तदानमा ७१ पिन्ट संकलन

  • पुस १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ भोजपुर सुनसरी सेवा समाज धरानको आयोजनामा भएको रक्तदान कार्यक्रममा ७१ पिन्ट रगत संकलन भएको छ ।

आइतबार बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान परिसरमा गरिएको रक्तदान कार्यक्रममा ७१ पिन्ट रगत संकलन गरिएको हो । नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा संकलित रगत प्रतिष्ठानको ब्लड बैंकमा बुझाइएको छ ।

कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्यहरुले रक्तदान गरेका थिए ।

नेपाल रेडक्रस सोसाईटिका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला शाखा सभापति उमेश थापाको प्रमुखआतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष रेवतिरमण राईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष प्रतापसिं राईले गरेका थिए ।

कार्यक्रममा संस्थाका सल्लाहाकार तथा संविधान सभाका माननीय किरण राईले शुभकामना मन्तब्य राखेका थिए भने सञ्चालन सचिब भुवन सि बस्नेतले गरेका थिए ।

पुर्ख्यौली थलो भोजपुर भै सुनसरीमा बस्दै आएका भोजपुरेहरुको सामुहिक संस्था भोजपुर सेवा समाजले विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved