इन्जिनियरिङका विद्यार्थीहरूलाई उद्घोषण तथा वक्तृत्वकला तालिम

  • पुस ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीहरूलाई उद्घोषण तथा वक्तृत्वकला तालिम दिइएको छ ।

क्याम्पसको इन्जिनियरिङ साहित्यिक समाज इसासले ५० जना विद्यार्थीहरूलाई तालिम दिएको हो ।

तालिममा विद्यार्थीहरूलाई संसदीय पद्धति अनुसार औपचारिक र अनौपचारिक छलफल तथा सार्वजनिक कार्यक्रम सञ्चालन गर्ने कला सिकाइएको हो ।

जनमासमा सहज रूपमा बोल्ने आत्मविश्वास बढाउन तालिमको आयोजना गरिएको इसासका सचिव प्रज्जवल काफ्लेले बताए ।

उनका अनुसार तालिममा समिन गैरेले सहजिकरण गरेका थिए । वक्तृत्वकला र औपचारिक कार्यक्रममा बोल्न आत्मविश्वास बढाउने तालिम प्रभावकारी रहेको सहभागी विद्यार्थीहरूले बताए ।

एक दिने तालिम कार्यक्रमको सभापतित्व इसासका अध्यक्ष प्रसिद्ध चाँपागाँइले गरेका थिए ।

सञ्चालन सचिव प्रज्जवल काफ्लेले गरेका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved