अहिलेसम्म भेदभाव भइरहनु दुःखद : प्रदेश प्रमुख खापुङ

  • पुस ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ राष्ट्रिय दलित आयोगले कोशी प्रदेशका प्रदेश प्रमुम परशुराम खापुङलाई तेश्रो वार्षिक प्रतिवेदन हस्तान्तरण गरेको छ ।

राष्ट्रिय दलित आयोगका सदस्य टुन्ज बराइलीले तेश्रो वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण गरेका हुन । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष ०७९/ ८० को प्रतिवेदन हस्तान्तरण गरीएको हो ।

प्रतिवेदन बुझ्नुहँदै प्रदेश प्रमुख प्रदेश प्रमुख खापुङले वि.सं. २०२० भाद्र १ गते जारी भएको मुलुकी ऐनले छुवाछुत हुनुहुन्न भनेर तोकिएपनि अहिलेसम्म भेदभाव भइरहनु दुःखद भएको बताएका छन ।

पछिल्ला दिनमा दलित समुदायबाट स्वास्थ्य सेवामा कार्यरतको हातबाट औषधि नलिनु जस्ता घट्नाले लज्जित बनाएको उनले बताए । यस्ता समस्या दलितको मात्रै नभई राष्ट्रिय समस्या भएको प्रदेश प्रमुख खापुङको भनाइ रहेको छ ।

त्यसैगरी राष्ट्रिय दलित आयोगकी सदस्य बराइलीले दलित समुदायले छोएको पानी मात्रै नभई माया पनि चल्न छोडेको बताए । युवावस्थामा प्रेम भएपनि जातको कारण मारिनेसम्मको घटना दुःखद भएको उनको भनाई थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved