मध्ये पहाडी लोकमार्ग अभियानलाई प्रभावकारी बनाउन तयारी सुरु

  • मंसिर ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 धरान/ नेकपा (एमाले) ले मंसिर १४ गतेदेखि सञ्चालन गर्न लागिरहेको विशेष अभियानलाई कोशी प्रदेशभीत्र प्रभावकारी बनाउन नेकपा (एमाले) कोशी प्रदेशले तयारी थालेकोछ ।

बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङ जोड्ने पुष्पलाल मध्ये पहाडी लोकमार्गमा अभियान मार्फत आर्थिक, सामाजिक विकास र रुपान्तरणका पक्षमा हुनेगरी पार्टी अध्यक्ष केपी शर्मा ओलीको अगुवाईका अभियान सञ्चालन हुँदैछ ।

अभियान अन्तर्गत मंसिर २६ गते अभियान टोलीलाई स्वागत सहित उदयपुरको घुर्मीमा जनसभा हुनेछ । त्यस्तै मंसिरको २८ गते तेह्रथुमको बसन्तपुर र मंसिर ३० गते पाँथरको फिदिममा विशाल जनसहभागीतामा सभा हुनेछन् ।

घुर्मि, बसन्तपुर र फिदिममा हुने तीनवटै सभा र जनपरिचालन नेकपा (एमाले) कोशी प्रदेश कमिटी र सबै जिल्ला कमिटीले व्यवस्थापन र जन परिचालन गरिने नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले जानकारी दिनुभयो ।

पहाड जैविक विविधताको हिसावले समृद्धछ, जलस्रोतको प्रचुर सम्भावनाछ, फलफूल तरकारी र जडिबुटिजन्य कृषिको भण्डार रहेकोछ र पहाड सामाजिक सांस्कृतिक विविधतायुक्त जातीय सद्भावयुक्त रहेकोछ भन्ने विषयलाई यो अभियानले थप बलशाली र संस्थागत गर्ने प्रमुख तिवारीले बताउनु भयो ।

कृषि क्षेत्र र उत्पादन प्रबद्र्धन, किसानहरुको सम्मान, अग्रज वामपन्थीहरुको खोजी र सम्मान पहाडी संस्कृति र भूगोलको विकास शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधारको योजना निर्माणमा अभियानले नयाँ र रचनात्मक सन्देश दिने तिवारीले बताउनु भयो ।

कोशी प्रदेशभीत्र हुने हरेक आमसभाहरुमा न्युनतम २५ हजार जनसहभागी रहने नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख बाबुराम थापाले जानकारी गराउनु भयो ।

वहाँले भन्नु भयो हरेक सभाहरुमा पार्टीका सबै जनसंगठनहरुलाई परिचालन गरिनेछन्, ठाँउ विशेषका जातीय झाँकी सहितका सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने बताउनुभयो ।

कोशी प्रदेश अन्तर्गतका सडकहरु घुर्मि, हर्कपुर, हलेशी, दित्तेल, चखेवा डाँडा, भोजपुर बजार, लेगुवा, पाख्रिबास, हिले, सिधुवा, बसन्तपुर, लसुने, जिरीखिम्ति, म्या¨लुङ, संक्राति बजार, छातेढु¨ा, चुहानडाँडा, जोरसाल, फिदिम, गणेशचोक, थर्पु र च्याङथापुमा स्वागत गेटहरु निर्माण गरिने थापाले बताउनुभयो ।

आइतबार इटहरीमा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारी, जनसंगठन संयन्त्र प्रमुख बाबुराम थापा, ट्रेड युनियन इन्चार्ज भीमज्वाला राई केन्द्रीय प्रचार विभाग सदस्य लिलाराज भट्टराई, युवा विभाग ईन्चार्ज सावित्रा राई, साहित्य,

कला, संस्कृति विभाग उपप्रमुख जेबी थुलुङ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कोशी अध्यक्ष गौरी लामा, अनेरास्ववियु कोशी अध्यक्ष जिबि गजल, राष्ट्रिय युवासंघ नेपाल कोशीका अध्यक्ष अरुण गुरुङ लगायतको उपस्थितिमा छलफल भएको थियो ।

जिउँदो भाई मरेको बना ...

विराटनगर/ मोरङको विराटनगरमा महानगरपालिका– २ ...

धरानमा गर्ल फ्रेण्डक ...

धरान । धरानमा गर्ल फ्रेण्डको विषयमा विवाद हुँदा एक युवा ...

धरानमा जिल्ला स्तरीय ...

धरान/  धरानमा एसइई दिएर बसेका विद्यार्थीहरुला ...

धराने सर्वपक्षिय टोल ...

काठमाण्डौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved