मन लोभ्याउदै रोङको किरात पार्क

  • कार्तिक २४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ रोङ गाउपालिकाभित्र पर्यटक तान्ने अनेकन स्थलहरुमध्ये किरात पार्क पनि थपिएको छ ।

थुप्रै प्राकृतिक, धार्मिक, पुरातात्विक महत्वको स्थानहरुको खोजी र प्रवद्र्धन गरिदै आएको रोङ गाउपालिका वडा न ५ को चिसापानी डाँडामा बनेको किरात पार्क अहिले पुग्नै पर्ने गन्तब्य बनेको छ ।

गाउँ भरिनै राई समुदायको वसोवास रहेको चिसापानी र आसपासका मानिसहरु सबैजना आफ्नै भाषा बोल्ने, सस्कृति चालचलन संस्कार र रितिरिवाजमा रम्ने गरेका र उनिहरुको भाषा धर्म सस्कृति परम्परा जान्न चाहनेहरुको लागि भिन्नै स्थानको रुपमा रहेको चिसापानि डाँडामा वृहद किरात सास्कृतिक पार्कको कल्पना गरि निर्माण थालिएको रोङ ५ का वडाध्यक्ष दल बहादुर पुलामिले बताए ।

रोङ गाउपालिकाले अघिल्लो कार्यकालदेखीनै थालिएको किरात पार्कको लागि बजेट बिनियोजन गरि देवानछाप, देवानगढि, मुर्चुङ्गे भिउ टावर सगै वृहद पार्कको काम अहिले पनि निरन्तर रुपमा लैजाने र तराईबाट टिमाई गौडा पाथिभरा, देवानछाप लगायतको करिडोर बिकाश गरि कर्साङ पदमार्गमा जोडेर पर्यटकहरु भित्राउने प्रचुर सभावना रहेकोले आफुहरु यो सास्कृतिक पार्क निर्माणमा लगातार प्रयत्नशिल रहने निवर्तमान वडाध्यक्ष तथा वर्तमान कार्यपालिका सदस्य युवराज खाप्तुवा राईले बताए ।

चिसापानिमा किरात सभ्यता मात्रै हैन पाथिभरा गिद्दे पहरा, झ्ण्डी डाँडाको पहरा, टिमाई खोलाको शिर नेपाल र भारतको समथर भुभाग अनि सुर्योदयको मनमोहक दृश्यावलोकन गर्न सकिने आनन्दको स्थान पनि रहेकोले आजभोलि पर्यटकहरु आउन थालेको र यसलाई पिकनिक स्थलको रुपमा बिकाश गर्नुपर्ने स्थानीय युवा बिशाल खाप्तुवा राईले बताए ।


चुरे क्षेत्रमा पर्ने चिसापानि तल मधेसमा गर्मि र तातो पानि रहँदा चिसो हावा र पानी पाईने गरेको कारण सिङ्गो गाउको नाम नै चिसापानी रहेको बुढापाकाहरुका भनाई रहेको छ ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved