गलत मेयर छान्दा धरान संकटमा

  • कार्तिक ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  सरकारको अकर्मण्यता र राजस्वको अनावश्यक आतंकले उद्योगी व्यवसायीहरू पलायन हुन थालेकोमा चिन्ता व्यक्त गरेका छन् ।

जानेर नजानेर धरानको मेयर गलत मान्छे छानेर धरान आर्थिक चपेटामा परेको सुनसरी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सरोज श्रेष्ठले बताए ।

उनले भने, ‘सही नेतृत्व नहँुदा उद्यगी व्यवसाय समस्यामा परेको छ, धरानलाई आर्थिक रूपमा सबल बनाउन स्थानीय सरकारसँगै यहाँका राजनीतिक दलहरू पनि जिम्मेवार हुनु पर्छ ।

मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्गको विकासले धरान एउटा टापुमा परिणत हुँदै गएकाले धरान–मुलघाट सुरूङमार्ग आवश्यक भएको उनले बताए । श्रेष्ठले नेपाली चाड पर्वको अवसरमा शुभकामना दिदैं धरानको दहनिय अवस्थाबारे चिन्ता व्यक्त गरे ।

संघका पूर्व अध्यक्ष अशोक ताम्राकारले चाडपर्वको शुभकामना दिदै व्यवसायीहरूको समस्याबारे छलफल गर्ने अभियान आवश्यक भएको बताए ।

उनले भने, ‘धरानका धेरै सटर बन्द भएका छन्, बैकहरूको आतंक छ, यस्ता समस्या समाधानका लागि अभियान जरूरी भएको छ ।’

धरानबाट व्यवसायीहरू पलायन हुन नदिन स्थानीय सरकार प्रमुखको भूमिका जिम्मेवार नभएकोले उद्योगी व्यवसायी आफै जागरुक हुनु पर्ने संघका सदस्य नवीन राजभण्डारीले बताए ।

उनले संघको पूर्व अध्यक्षहरूको संस्था बनाएर धरानलाई समृद्ध शहर बनाउन योगदान गर्न सुझाव दिए । उद्योग व्यवसायको दहनिय अवस्थाबारे सबै जिम्मेवार हुनु पर्ने संघका सदस्य तथा निर्माण व्यवसायी नारायण लिम्बुले बताए ।

चाडपर्वको अवसरमा शुभकामना साटासाटसँगै उद्योगी व्यवसायीका समस्या र गुनासोबारे परामर्श तथा छलफल भएको निवर्तमान अध्यक्ष गिरीधारी सापकोटाले बताए ।

उनले धरानका उद्योगी व्यवसायीहरूको हकहितका लागि हरसमय हरतवरले समाधान गर्न लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा उवा संघका पूर्व महासचिव राजेश अग्रवाल, संघका पदाधिकारी, सदस्यहरूलगायत व्यवसायीहरूको उपस्थिति रहेको थियो ।

सुनसरी उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष गोपाल श्रेष्ठले संघले धरानको समस्या समाधान गर्न लागि परेको बताए । उठान भएका विषय संघले गम्भीर रूप लिएको उनले बता्ए ।

नेपालीहरूका सांस्कृतिक तथा परम्परागत चाड पर्वको अवसर पारेर धरानका उद्योगी व्यवसायीहरूले शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन् ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved