घरमै पुगेर ज्येष्ठ नागरिकलाई सम्मान सहित दसैंको शुभकामना

  • कार्तिक २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आउँदै गरेको पर्वहरुको शुभकामना लिएर धरान वडा नम्बर १० का वडाअध्यक्षले वडावासीको घर घरमै पुगेर सम्मान सहित शुभकामना आदान प्रदान गरेका छन् ।

वडाअध्यक्ष विवेक राईले वडाका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छन् भने वडावासीमा शुभकामना दिएका हुन् ।

वडाका जनप्रतिनिधिहरु सहित उनले ज्येष्ठ नागरिकलाई मायाको चिनो प्रदान गरे । नागरिकले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नवीकरणको सुविधा समेत घरघरमै प्रदान गरेको वडाध्यक्ष राईले बताए । वडाका ३९ ज्येष्ठ नागरिकलाई अभिनन्दन गरेका थिए ।

कतिपय बाआमा असक्त, बिरामी पनि भएकाले घरमै पुगेर चाडपर्वको शुभकामना सहित वडाबाट प्राप्त गर्ने नवीकरणको सेवा प्रदान गरिएको उनले बताए ।

वडाध्यक्ष राईले यो सुविधा हामीले पहिलो पटक सुरुवात गरेको बताउँदै निरन्तरता दिने पनि बताए । वडामा ८० वर्ष उमेरमाथिका ३९ जना ज्येष्ठ नागरिक मध्ये १८ जना महिला र २१ जना पुरुषलाई सम्मान गरिएको हो ।bibek 10 wada-10

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved