घरमै पुगेर ज्येष्ठ नागरिकलाई सम्मान सहित दसैंको शुभकामना

  • कार्तिक २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ आउँदै गरेको पर्वहरुको शुभकामना लिएर धरान वडा नम्बर १० का वडाअध्यक्षले वडावासीको घर घरमै पुगेर सम्मान सहित शुभकामना आदान प्रदान गरेका छन् ।

वडाअध्यक्ष विवेक राईले वडाका ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छन् भने वडावासीमा शुभकामना दिएका हुन् ।

वडाका जनप्रतिनिधिहरु सहित उनले ज्येष्ठ नागरिकलाई मायाको चिनो प्रदान गरे । नागरिकले प्राप्त गर्दै आएको सामाजिक सुरक्षा भत्ता नवीकरणको सुविधा समेत घरघरमै प्रदान गरेको वडाध्यक्ष राईले बताए । वडाका ३९ ज्येष्ठ नागरिकलाई अभिनन्दन गरेका थिए ।

कतिपय बाआमा असक्त, बिरामी पनि भएकाले घरमै पुगेर चाडपर्वको शुभकामना सहित वडाबाट प्राप्त गर्ने नवीकरणको सेवा प्रदान गरिएको उनले बताए ।

वडाध्यक्ष राईले यो सुविधा हामीले पहिलो पटक सुरुवात गरेको बताउँदै निरन्तरता दिने पनि बताए । वडामा ८० वर्ष उमेरमाथिका ३९ जना ज्येष्ठ नागरिक मध्ये १८ जना महिला र २१ जना पुरुषलाई सम्मान गरिएको हो ।bibek 10 wada-10

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved