ज्येष्ठ नागरिकलाई सम्मान

  • कार्तिक २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  दशैको अवसर पारेर धरान उपमहानगरपालिका १९ नं. वडा समितिले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

धरान १९ हरियाली सामुदायिक भवनमा एक कार्यक्रमको आयोजना गरी जेष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

वडाले दशैको अवसरमा आफ्नो वडामा रहेका १ सय ५५ जना जेष्ठ नागरिकलाई खादा ओढाएर सम्मान गरेको हो ।

कार्यक्रममा वडा सदस्य झुमादेवी गुरुङले जेष्ठ नागरिक आमाहरुलाई सम्मान गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताइन् ।

उनले यो सम्मानले जेष्ठ नागरिकको आर्शिवाद सधै रहिरहने बताइन् ।
राज्यले जेष्ठ नागरिकलाई सम्मान गर्ने नीति बनाए पनि धेरै ठाउँमा ज्येष्ठ नागरिकको उचित सम्मान हुन नसकेको समयमा वडा नं. १९ ले जेष्ठ नागरिकलाई भेला गराएर सम्मान गर्न पाएकोमा वडा सचिव भानुभक्त चौहानले गौरव महशुष भएको बताए ।

विगतमा समेत ज्येष्ठ नागरिकलाई हिडडुल गर्न लौरो वितरण गरेको थियो भने वडाबाटै पोसिलो खानेकुरा तथा फलफूल समेत वितरण गरेको थियो ।

कोरोना तथा डेंगु सक्रमणका कारण यो बीचैमा रोकिएको थियो ।

लामो समयपछि यसरी एकै ठाउँमा भेला गराएर ७० बर्ष भन्दा माथिका महिला ज्येष्ठ नागरिकलाई सम्मान गर्न पाएकोमा वडा समितिलाई सौभाग्य मिलेको वडाध्यक्ष पूर्णबहादुर लिम्बुले बताए । सम्मान गरेकोप्रति वडा नं. १९ का जेष्ठ नागरिकले समेत खुशी व्यक्त गरेका थिए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved