फोनको भरमा कानुन मिच्नेहरु छुट्नु हुन्न : मुख्यमन्त्री कार्की

  • कार्तिक १, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षामा खटिने प्रहरी पनि सुरक्षित हुनुपर्ने बताएका छन् । नागरिकलाई सुरक्षा दिने प्रहरीहरु पूर्वाधारको अभावमा कठिन अवस्थामा रहन नहुने भन्दै कानुन विपरीत काम गर्नेलाई फोनकलको आधारमा नछाड्न निर्देशन दिए ।

प्रहरी दिवसको अवसरका मंगलबार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले भने, “प्रहरीले आफ्ना इच्छा र चाहना त्यागेर अरूको सुरक्षाका लागि खटिनु परेको छ, हरेक साना ठूला घटनामा प्रहरी नै खटिनु पर्छ, तर, हामीलाई शान्तिसुरक्षा दिने प्रहरी पहिले सुरक्षित हुनुपर्छ, प्रहरीले शौच गर्न नपाउने, खान नपाउने तर हामीले सुरक्षा भएन भन्ने धारणा परिवर्तन गरिनु पर्छ ।”

मुख्यमन्त्री कार्कीले धेरै प्रहरी कार्यालयहरु अहिले पनि संरचना अभावका कारण जीर्ण रहेको दृष्टान्त पेश गर्दै यस्तो अवस्था सुधार गर्न प्रदेश सरकारले सक्दो काम गर्ने प्रतिवद्धता जनाए ।

कार्कीले साँझमा मादक पदार्थ सेवन गर्नेलाई छुटाउन आउने टेलिफोन कलको वास्ता नगरी कार्वाही अघि बढाउन निर्देशन समेत दिए ।

उनले भने, “कसैले आफै कानूनको उलङ्घन गर्छ भने कार्वाही हुनुपर्छ, पहुँचको आधारमा सुरक्षा नदिनुहोस ।”

त्यस अवसरमा उत्कृष्ट कार्यालय व्यवस्थापन विधामा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजेशनाथ बास्तोला सम्मानित भएका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयले उत्कृष्ट कार्यालय व्यवस्थापन विधामा कोशी प्रदेश प्रहरी प्रमुखलाई छनोट गरेको थियो ।

नेपाल प्रहरी कार्यदक्षता मूल्याङकन पुलिस बाटन २०८० को क्रममा गरिएको अनुगमन तथा मूल्याङकनमा प्रदेश प्रहरी कार्यालयहरु मध्ये कोशीको व्यवस्थापनमा उत्कृष्ट व्यवस्थापकीय क्षमता भएका उल्लेख गरिएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त उक्त पुरस्कार बास्तोलालाई मुख्यमन्त्री कार्कीले प्रदान गरे । त्यस अवसरमा प्रहरी परिवारलाई पनि सम्मानित गरिएको थियो ।

विजयपुर अस्पतालमा अन ...

धरान/ धरान–१० मा रहेको विजयपुर अस्पतालमा सोम ...

स्थानीय पर्यटन प्रवर ...

वराहक्षेत्र/ धार्मिक, ऐतिहासिक र पर्यट ...

खेतीपाती सप्रियोस् भ ...

खोटाङ/ किरात समुदायको प्रमुख पर्व साकेला उभौली&nbs ...

सहयोगकै भरमा चलिरहे ...

धरान/  निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved