प्रकोप व्यवस्थापन औजार हस्तान्तण

  • भदौ २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका ५ नम्बर वडा कार्यालयले अस्थायी प्रहरी चौकी देउरालीलाई प्रकोप तथा विपदमा प्रयोग गर्न विभिन्न औजार सामग्री हस्तान्तरण गरेको छ ।

बाढी तथा पहिरोको सम्भावित जोखिम क्षेत्र समेत रहेको वडामा विभिन्न किसिमका प्राकृतिक प्रकोपको सामना गर्न र सम्भावित विपद्लाई न्यूनीकरणका लागि उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

वडाध्यक्ष मन प्रसाद लिम्बूका अनुसार गैँती, बेल्चा, पन्जा, गम्बुठ, डोरी, बाल्टी, लगायतका सामग्री चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा चौकीका सह इन्चार्जलाई हस्तान्तरण गरिएको छ ।

वडाको विपद् तथा प्रकोप व्यवस्थापन समितिका संयोजक समेत रहेका वडाध्यक्ष लिम्बूले विशेष गरी ५ नम्बर वडामा बाढीको प्रकोप रहेको भए पनि पहिरो जान सक्ने सम्भावित क्षेत्रहरू रहेको र आगलागी लगायतको प्रकोपको जोखिम रहिरहने भएकाले त्यस्तो जोखिमको समयमा तत्काल उद्धारमा खटिने प्रहरीलाई उक्त सामग्री हस्तान्तरण गरिएको बताएका छन् ।

उनले आगामी दिनमा फायर डिस्पोजेवल लगायतका अन्य आपत्कालीन तथा प्रकोपमा प्रयोग हुने सामग्री हस्तान्तरण गरिने बताएका छन् । सामग्री हस्तान्तरण कार्यक्रममा वडाका सचिव, वडा सदस्य तथा स्थानीय टिएलओहरुको प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved