मेरो डान्स युनिभर्स उपविजेतालाई सम्मान

  • भदौ १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / धरान नृत्य कला प्रतिष्ठानका कलाकारहरुले इन्ट्रा नेशनल वेलफेर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा आयोजित मेरो डान्स युनिभर्स प्रतियोगितामा ग्रुप डान्स प्रतिस्पर्धा बाट दोस्रो स्थान हासिल गर्ने सफल भएका छन ।

नेपालमा अहिले सम्मकै सबैभन्दा ठूलो नगद राशीको कार्यक्रम मेरो डान्स युनिभर्समा धरान नृत्य प्रतिष्ठानका कलाकारहरुले सहभागि भएर उक्त उपाधि जित्न सफल भएकोमा प्रतिष्ठानले आईतवार बधाई तथा शुभकामना र सम्मान कार्यक्रम होटल रत्न इन धरान ९ को सभाहलमा आयोजना गरेको थियो ।

सम्मान कार्यक्रममा धरान भरि रहेका डान्स सेन्टरका प्रतिनिधि र कलाकारहरुको उपस्थित रहेको थियो । धरानले अहिले सम्मकै ठुलो नृत्य प्रतिष्पर्धामा गएर धरानको नाम अन्तर्राष्ट्रिय स्तर सम्म चिनाउन सफल भएकोमा धरानका डान्स सेन्टरले विजेता टोलि सहित धरान नगर प्ररिक्रमा गरि विजय उत्सव मनाएको छ ।

dharan-nirteya-22pp

 

उक्त कार्यक्रमको स्वागत मन्तवय नृत्य कला प्रतिष्ठानका उपाध्यक्ष मणि कुमार लिम्बूले राखेका थिए । कार्यक्रममा प्रमुख अथितिको रुपमा धरानका नगर प्रमुख हर्क साम्पाङ राईलाई निमन्त्रणा गरेको थियो । तर मेयर राईको उपस्थिति नहुदा दुख लागेको प्रतिष्ठानकी अध्यक्ष नन्दा राईले गुनासो गरेकी छन् । धरान मात्रै नभएर कोशी प्रदेश भरि बाटै पहिलोपटक अन्तर्राष्ट्रिय नृत्य प्रतिष्पर्धामा प्रतिनिधित्व गरेका छन् ।

कलाकारहरुले धेरै मेहनत गरि धरानको नाम राख्न सफल हुँदा सम्मान कार्यक्रममा मेयरको अनुपस्थित हुँदा जिम्मेवार अभिभावक भएर कलाकारहरुलाई हौसला र उर्जा थप्न बधाई कार्यक्रममा उपस्थिति नहुँदा कलाकारहरुले समेत चित दुखाएका छन । धरानले कलाकारीता क्षेत्रमा र कलाकारहरुलाई हौसला प्रदान गर्न नसकेको र संस्कृति कलाको जागरण गर्ने नृत्यलाई प्राथमिकता नदिएको महसुस गरेको बताए ।

नृत्य कला प्रतिष्ठानले धरानमा रहेका कलाकारहरु भविष्य र नृत्य, कला क्षेत्रमा लागेका कलाकारहरुलाई सहयोग गर्ने र धरानका कलाकारहरुलाई समेटने उदेश्य स्थापना भएको संस्थाकी अध्यक्ष नन्दा राईले बताईन ।

dharan-pp-33

मेरो डान्स युनिभर्स विजेता भएका कलाकार सिङगिङ्ग डान्स सेन्टरका मेनेजिङ डाइरेक्टर सागर राई, नृत्य कला प्रतिष्ठान नृत्य प्रशिक्षक निसु धमला, रोयल डान्स ऐकेडमीका प्रशिक्षक साकार प्रति राई, नृत्य कला प्रतिष्ठानका कोषाध्यक्ष सुरेश राई, श्याम तामाङ, सन्तोष योजना, सेजिना तामाङ, ईचिङ्सा लिम्बू, एलिना राई, विनिसा राई, जिना राई र कोरियोग्राफर तथा नृत्य निर्देशक प्रविन भुजेल लगाएत १७ जना कलाकारले लोक नृत्य साकेला सेलो नृत्य प्रस्तुति गरेका थिए ।

दोस्रो स्थान हासिल गर्दै धरानको नाम अन्तर्राष्ट्रिय सम्म चिनाउने कलाकारहरुलाई नगद, ट्रफि र प्रमाणपत्र प्रदान गरि नगर उप प्रमुख आईन्द्र विक्रम वेघाले प्रधान गरेका थिए । मेरो डान्स युनिभर्सबाट प्राप्त गरेको ट्रफि धरान नृत्य कला प्रतिष्ठानका संस्थापक मणिकुमार राईले उपमहानगरपालिका उपप्रमुख आईन्द्र बिक्रम बेघालाई हस्तान्तरण गरियो ।

कार्यक्रमका विशेषअथिति वेघाले धरानको कला र नृत्यलाई जगेर्ना गर्न धरानको मात्रै नभएर पुर्वकै नाम नृत्य जगतमा अन्तर्राष्ट्रिय स्तरमा राख्न सफल भएकोमा धरान कला नृत्य प्रतिष्ठानले ठुलो उपलब्धि पाएको हुँदा यसमा आफुहरु निकै खुशि र गर्व गर्ने ठाउँ रहेको उनले बताए ।

नृत्य क्षेत्रमा नगरपालिकासंग छलफल गरेर आगामि दिनहरुमा नृत्यलाई आफुले सहयोग गर्ने र धरानको कलाक्षेत्रमा समेत आफुले सक्दो सहयोग गर्न प्रतिबद्धता जनाएका छन । कार्यक्रम धरान ९ का पुर्व वडाअध्यक्ष रत्न कटुवाल, धरान १४ वडाको सदस्य झरना सुनुवार, प्रतिष्ठानका संस्थापक मणि राई लगायत नृत्य क्षेत्रका प्रतिनिधिहरु समेत उपस्थित रहेको थियो ।

 

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved