हाटखोलाको खुल्ला व्यायामशालाको सौन्दर्यकरण गरिँदै

  • भदौ १९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगर–८ स्थित हाटखोला खेल मैदान पश्चिममा अवस्थित खुल्ला व्यायामशालाको सौन्दर्यकरण गरिएको छ ।
व्यायामशाला परिसरमा वृक्षारोपण र फूल रोपेर आकर्षक बनाउने गरी काम भइरहेको छ ।

जसअन्तर्गत आइतबार एक कार्यक्रमको आयोजना गरी व्यायामशाला परिसरमा मौसमी फूल, साना विरुवा रोपिएको ८ नम्बर वडाका अध्यक्ष राम पोखरेलले जानकारी दिए ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सहयोग स्थापना गरिएको खुल्ला व्यायामशालालाई आकर्षक र सुन्दर बनाउन फूल रोपिएको वडाध्यक्ष पोखरेलले बताए ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्की, ७ नम्बर वडाका अध्यक्ष मधुबाबु तिवारी, ८ नम्बर वडाका अध्यक्ष राम पोखरेल, वडासदस्य भुवन राजवंशी, मोहम्मद आवासलगायतले वृक्षारोपण गरेका थिए ।

गार्डेनको संरक्षण बुद्धमिलन वाचनालयले गर्ने अध्यक्ष उज्वल प्रसाईंले बताए । बिजुली बत्ती लगाएर सौन्दर्यकरण गर्दा लामो समय नटिक्ने भएका कारण थोरै खर्चले खुल्ला व्यायामशालालाई आकर्षक बनाउने वडाध्यक्ष पोखरेलले बताए ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved