आर्थिक अभावका कारण उपचार गराउन समस्या

  • भदौ ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा / आर्थिक अभावका कारण धनकुटाकी एक महिलाले मुटुको शल्यक्रिया गर्न पाएकी छैनन् । आर्थिक अभावकै कारण धनकुटा नगरपालिका – ८ सन्ताङ्की ५७ बर्षीया टेसमाया राईले उपचार गर्न नपाएकी हुन् ।

उनको मुटुको भल्ब फेर्नुपर्ने चिकित्सकले सुनाएका छन् । एक महिना अघि नै मुटुको समस्या भएर धरान स्थित बपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउने क्रममा भल्व फेर्नुपर्ने चिकित्सकले भने पनि आर्थिक अभावमा उनले भल्व फेर्न सकेकी छैनन् ।

पीडित राईका अनुसार उपचारका लागि चारलाख चाहिने बताइन् । आर्थिक अभावका कारण उपचार गर्ने रकम नभएकै कारण उपचार गराउन नसकिएको राईका श्रीमान अइन्द्रबहादुर राईले जानकारी दिए । उनले भने–‘हामीसँग त्यत्रो पैसा छैन, पैसा नभएकै कारण उपचार गराउन सकिएको छैन ।’ उनले उपचारमा सहयोग गर्न सबैसँग अनुरोध समेत गरेका छन् ।

केही समय अगाडि राईकी छोरीको टाउको र मेरुदण्डको समस्या हुदा १४ लाख खर्च भएको राई परिवारले बताएको छ । राईका भन्छन्–‘छोरीको उपचारमा सबै जायजेथा सकियो, अहिले श्रीमतिको उपचार गर्ने पैसा नै छैन, सहयोग गरिदिए उपचार गर्ने थियौ ।’

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved