धरान वडा नम्बर १३ ले डेङगुका विमारीलाई नि :शुल्क उपचार प्रधान गर्दै

  • साउन १८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर / धरान २ हप्ता देखि अत्याधिक रुपले बढेको डेङगुले माहामारीको रुप लिएको छ । धरानका २० वडामा  डेङगुका विमारीहरुको बढदो चाप देखिए पछि धरान उप–महानगरपालिकाले डेङगु नियन्त्रणका लागि २० सै वडाका कार्यालय संग छलफल गरि साउन १७ गते बाट धरान भरिका वडामा एक साथ डेङगु सर्च एन्ड डेस्ट्रोए अभियान संचालन गरे संगै धरान वडा नम्बर १३ ले डेङगु नियन्त्रण संगै वडामा  रहेका विमारीहरुलाई सेवा प्रदान गर्ने उदेश्यले नि :शुल्क डेङगुको उपचार गराईरहेको छ ।

धरान १३ का वडाध्यक्ष नेत्र प्रसाद काफ्लेलेका अनुसार वडामा तिब्ररुपले फैलिएको डेङगुले प्रत्येक घरमा विमारीको बढ्दो चाप देखिएपछि वडाले विमारीहरुलाई मध्येनजर गदै नि :शुल्क  उपचार गर्ने निर्णय गरि गत मंगलबार देखि नै वडा कार्यलयले आफनै भवनको सभाहलमा डेङगु विमारीको उपचार गराई रहेको छन् ।  

dharan-8-dengu-pp

 

पहिलो चरणमा वडाले करिब ३० हजार खर्चगरेर सुचारु गरेको डेङगु उपचार केन्द्रमा २५ देखि ३० जनाकोे संख्यामा विमारीहरु भर्ना भई उपाचार दिएको थियो भने बुधवार देखि विमारीको संख्या थप बढेर ४० देखि ५५  जनालाई प्रदान गर्नुको  साथै डेङगुका विमारीलाई गरिने सम्पुर्ण किसिम चेकजाँचर औषधी उपचार नि :शुल्क गराई रहेको अध्यक्ष नेत्र काफ्लेले बताएका छन ।

डेङगु संगै पछिलो समय फैलिदै गएको आखाँ पाक्ने रोग आखाँ चिलाउने, सुनिने जस्ता आखाँ समस्या लिएर करिब ५५ जना विमारी आएका छन । बिशेषगरि आखाँको समस्या बालवालिकाहरुमा बढि देखिएको छ । आखाँको उपचारमा खुशि आखाँ अस्पताल धरान ८ ले   सहयोग गरेको बताएका छन ।

dharan-pp-333-pp

त्यसै गरिवडाले माहामारीको समय एकदमै दयनिए काम गरेको भन्दै धरान १३मा रहेको औषधी व्यवसायी, स्थानियवासि,मधेसि सेवा समाज, वितरक संघ, सुनसरी उधोग वाणिजय संघका पुर्व महासचिव राजेन्द्र अग्रवाल लगाएत करिब १० जनाले सहयोग जुटाएका छन ।

यस केन्द्रमा वडा मात्रै विमारी नभई धरान १६, ४ का विमारीलाई समेत उपाचर प्रधान गरिएको छ । साथै धरान भरिका विध्यालयका बालवालिकाहरुलाई  नि :शुल्क  आखाँको जाचँ गरिने बताएका छन । डेङगु उपचार केन्द्र धरानमा फैलिएको डेङगु नियन्त्रण नभए सम्म संचालन गरिने अध्यक्ष नेत्र काफ्ले बताएका छन ।

इटहरीमा लागू औषध ब्र ...

इटहरी/ सुनसरीको इटहरी उप–महानगरपालिका–५ स्थ ...

श्रमदाताले यौन दुव्र ...

धरान/ धरान उपमहानगरपालिका–१६ नौलोबस्तीस्थित बहुभा ...

धरान हुँदै गाँजा तस् ...

धरान /सुनसरीको धरान हुँदै तस्करी गर्न लागिएको ठूलो परिम ...

जिउँदो भाई मरेको बना ...

विराटनगर/ मोरङको विराटनगरमा महानगरपालिका– २ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved