प्रेस युनियनद्वारा ६ जना पत्रकार सम्मानित

  • साउन २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

उर्लाबारी /नेपाल प्रेस युनियन मोरङ शाखाले जिल्लाका ६ जना पत्रकारलाई सम्मान गरेको छ । मोरङको बिराटचौकस्थित सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सभाहलमा भएको ११ ओैं अधिवेशनमा ६ जना पत्रकारहरूलाई सम्मान गरिएको हो ।
 
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शैलजा आचार्य स्मृति पत्रकारिता पुरस्कार लिलाबल्लभ घिमिरेलाई , शैलजा आचार्य महिला पत्रकारिता पुरस्कार करुणा बस्नेतलाई ,गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार बिनोद भण्डारीलाई ,बाबुराम निरौलालाई गिरिजाप्रसाद कोइराला युवा पत्रकारिता पुरस्कार , विक्रम निरौलालाई रमाप्रसाद – मायादेवी रिजाल पत्रकारिता पुरस्कार र तेजन खड्कालाई रमाप्रसाद – मायादेवी रिजाल युवा पत्रकारिता पुरस्कार प्रदान गरे। अधिवेशनको उद्घाटन गर्दै मन्त्री लिम्बूले युवालाई संसद, सदन, प्रतिपक्ष र सत्तापक्षका विषयमा पनि तालिमको ब्यवस्था गर्नुपर्ने बताए । उनले ललिता निवास प्रकरणले देशको राजनीति अस्थिरता तर्फ मोडिने सङ्केत गर्दै भ्रष्टाचार बिरुद्धको अभियानमा सरकार सफल भइरहेको बताए ।
 
नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद मैदान नभएकोले खेल क्षेत्रमा उल्लेख्य प्रगति हुन नसकेको बताउँदै युवा तथा खेलकुद मन्त्रालयको पुरै संरचना परिवर्तनमा आफु लागि रहेको बताए। युनियनका मोरङ अध्यक्ष भोजराज बस्नेतको सभापतित्वमा भएको उद्घाटन सत्रलाई नेपाली कांग्रेस मोरङका उप सभापति भक्तिनाथ माझी ,सचिव ललितबहादुर श्रेष्ठ ,नेपाल ट्रेड युनियन कांग्रेस कोशी प्रदेशका अध्यक्ष नारायणबहादुर कार्की ,बिराटनगर महानगरका नगर प्रमुख नागेश कोइराला कोशी , समाजवादी प्रेस संगठन मोरङका अध्यक्ष ध्रुव भट्टराई , प्रेस संगठन मोरङका अध्यक्ष अर्जुन आचार्य,प्रेस चौतरी मोरङका अध्यक्ष सुदीप कोइराला, विराटनगर महानगरका कांग्रेस सभापति दीपक चापागाईं, बेलबारी कांग्रेसका सचिव राजेन्द्र अधिकारी र महिला नेतृ भगवती पौडेल लगायतले बोलेका थिए।
 
 
 
 
 
 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved