घर घरमै पुगेर नागरिकता

  • असार ३१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

भोजपुर/  स्थानीय सरकारले प्रशासनसँग सहकार्य गरेर अपांग असहाय तथा फरक क्षमता भएकाहरुका लागि सहयोग पुर्‍याउदै आएको छ ।

प्रशासनले घरमै पुगेर उनीहरुलाई नागरिकता वितरण कार्य शुरु गरेको हो ।

नागरिकता नपाएर दुःख पाएकाहरुलार्ई जिल्ला प्रशासन कार्यालय भोजपुरले घरमै पुगेर सेवा प्रदान गरेको छ ।

पहिलो चरणमा प्रशासन कार्यालय भोजपुरले पूर्वी अरुण गाउँपालिकाका तीन जनालाई प्रमुख जिल्ला अधिकारीसहितको टोलीले घरमै पुगेर नागरिकता वितरण गर्दा उनीहरु हर्षित बनेका छन् ।

पौवादुङमा गाउँपालिका–४ र ६ का अपाग, अशक्त र फरक क्षमता भएका नागरिकलाई घर–घरमै गएर नागरिकता वितरण प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार वडा नं. ४ बास्तिमका तेजकुमार राईलाई ०९–०१–८०–०१३७४ नम्बर, सोही वडाका आसमाया राईलाई ०९–०१–८०–०१३७५ र वडा नं. ६ ठूलोदुम्माका अरुणराज राईलाई ०९–०१–८०–०१३७६ नम्बरको नागरिकता गरिएको हो ।

नागरिकता पाएपछि खुशीको सीमा नरहेको तेजकुमार राईले बताए । उनले भने–‘नागरिकता नहुदा कामको अवसरबाट बञ्चित हुनुपरेको थियो, अब भने त्यो समस्या हटेर गएको छ ।’

जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख घिमिरेले नागरिकता नपाएर क्षमता हुदाहुदा पनि सरकारी सेवाबाट बञ्चित हुनुपरेको समस्या आएपछि घरमै पुगेर नागरिकता प्रदान गरिएको बताए ।

उनले भने ‘नागरिकता नभएकै कारण राज्यबाट पाउने सेवा सुविधाबाट उनीहरु बञ्चित थिए, त्यो अवसरबाट उनीहरुलाई टाढा राख्नु हुदैन भन्ने अभिप्रायले हामीले घरमै पुगेर सेवा प्रदान गरेका हौं ।’

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved