मुख्यमन्त्री कार्कीद्वारा १० हजार सहयोग

  • असार २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  बुबाआमानै कारागारमा रहेका सुर्खेतका दुई नाबालकलाइ खाद्यन्न अभाव भएको समाचार प्रकाशन भएपछी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नगद सहयोग गरेका छन् ।

सुर्खेत स्थित बराहताल– ५ का दुइ जना नाबालक कल्पना विक र उनका भाइ निखिल विकलाई कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बिहीबार सहयोग स्वरुप १० हजार रुपियाँ पठाई दिनु भएको हो।

गत मङ्गलबार ‘घरमा चामाल सकिएपछि कारागारमा आमाबाबुसँग माग्न पुगेका दिदीभाइ’ शीर्षकको समाचार एक अनलाइनमा प्रकाशित भएपछि मुख्यमन्त्री कार्कीले दुई बालबालिको बारेमा चासो राख्नु भएको थियो ।

358483012_290552833339261_8554499609276499696_n

बिहीबार मुख्यमन्त्री कार्कीले उकेरा डटकमका स्थानीय समाचारदाता जगतदल जनाला विकको प्रभु बैंकको खाता नं ३४४७०६०१७५७०००१८ मा उक्त रकम पठाई दिनु भएको हो ।

उक्त अनलाइन समाचारका अनुसार पीडित बालबालिका बुबा कवि विक र आमा मनिषा विक चार लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा मानव बेचबिखनको आरोपमा सुर्खेत जिल्ला कारागारमा बन्दी जीवन वितारइरहेका छन् ।

पीडित बालबालिकाको न्यायका लागि आफ्नो तर्फबाट थप सहयोगका साथै उनीहरुको बुबाआमाका लागि आवश्यक पर्ने धरौटी रकम जुटाउन आवश्यक पहल गर्ने पनि मुख्मन्त्री कार्कीले बताउनु भएको छ ।

 

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved