मुख्यमन्त्री कार्कीद्वारा १० हजार सहयोग

  • असार २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  बुबाआमानै कारागारमा रहेका सुर्खेतका दुई नाबालकलाइ खाद्यन्न अभाव भएको समाचार प्रकाशन भएपछी कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नगद सहयोग गरेका छन् ।

सुर्खेत स्थित बराहताल– ५ का दुइ जना नाबालक कल्पना विक र उनका भाइ निखिल विकलाई कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बिहीबार सहयोग स्वरुप १० हजार रुपियाँ पठाई दिनु भएको हो।

गत मङ्गलबार ‘घरमा चामाल सकिएपछि कारागारमा आमाबाबुसँग माग्न पुगेका दिदीभाइ’ शीर्षकको समाचार एक अनलाइनमा प्रकाशित भएपछि मुख्यमन्त्री कार्कीले दुई बालबालिको बारेमा चासो राख्नु भएको थियो ।

358483012_290552833339261_8554499609276499696_n

बिहीबार मुख्यमन्त्री कार्कीले उकेरा डटकमका स्थानीय समाचारदाता जगतदल जनाला विकको प्रभु बैंकको खाता नं ३४४७०६०१७५७०००१८ मा उक्त रकम पठाई दिनु भएको हो ।

उक्त अनलाइन समाचारका अनुसार पीडित बालबालिका बुबा कवि विक र आमा मनिषा विक चार लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा मानव बेचबिखनको आरोपमा सुर्खेत जिल्ला कारागारमा बन्दी जीवन वितारइरहेका छन् ।

पीडित बालबालिकाको न्यायका लागि आफ्नो तर्फबाट थप सहयोगका साथै उनीहरुको बुबाआमाका लागि आवश्यक पर्ने धरौटी रकम जुटाउन आवश्यक पहल गर्ने पनि मुख्मन्त्री कार्कीले बताउनु भएको छ ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved