कोशी प्रदेश :नयाँ सरकार गठनको लागि दिएको समय सीमा आज सकिँदै

  • असार २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

बिराटनगर/ प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएको समय  आज सकिँदै छ ।

उनले दिएको समयमा मुख्यमन्त्री नियुक्तिका लागि कांग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेस गर्ने तयारी गरेका छन् ।

केन्द्रीय गठबन्धनमा रहेका दलहरूले एमालेको साथमा रहेको राप्रपालाई पनि सहभागी गराउने अन्तिम कसरत गरिरहेका छन् ।

नयाँ सरकार गठनकै लागि  प्रदेशस्तरीय नेताहरू केही दिनदेखि काठमाडौँमा रहेका छन् ।

कोशी प्रदेशमा गठबन्धन दल कांग्रेसको २९, माओवादीको सभामुखसहित १३, नेकपा एसको ४ र जसपाको १ गरी गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ रहेको छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ नै आवश्यक सङ्ख्या हो । यद्यपि गठबन्धन दलले सभामुखसहित ४७ पुर्याए पनि विश्वासको मत लिँदा उनले बराबरी भएको अवस्थामा मात्रै मत दिन पाउनेछन्

एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत १५ गते प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि ढलेको हाे

आज सरकार गठनका लागि कसैले पनि बहुमत दाबी गर्न नसके पुनः ठुलो दलको नेताको हैसियतमा उनै कार्की धारा १६८ को उपधारा ९३० अनुसार मुख्यमन्त्री बन्नेछन् ।

 

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved