धरान / पूर्वी पहाडी जिल्लाका विभिन्न क्षेत्रमा विकासले फड्को मार्दै गएको छ ।
विगतमा दुई दिनसम्म पैदलै हिडेर पुग्ने ठाउँमा सवारी साधन पुगेका छन्, अस्पतालको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अहिले कम छ
तर पनि पहाडी क्षेत्रत्राट तराईतर्फ सुविधाको खोजी गर्दै बसाई सर्ने क्रम भने रोकिएको छैन ।
तेह्रथुमको लाली गुरास नगरपालिका गाविसबाट नगररपालिका बनेपछि विकासले फड्को मार्दै गएको छ ।
भौगोलिक विकटता भएको सो नगरपालिकाका वडासम्म पुग्न पैदल हिड्नुपर्ने अवस्था थियो, तर अहिले गाउँगाउँमा सडक सञ्जालले छोएको छ भने नगरपालिकाले नगर बस नै सञ्चालन गरेको छ ।
अहिले त्यहा १० बेडको अस्पताल समेत निर्माण हुदै गएको छ ।
पर्यटकीय स्थलको रुपमा विकास गर्दै लगेको नगरपालिकाले चोत्लुङ पार्क लगायतका पार्कहरु निर्माण गरिएको छ ।
तर पनि बसाई सराई भने अझै नरोकिएको नगरपालकाकाले जनाएको छ ।
लालीगुरास नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले पर्यटकीय स्थलको विकाससँगै आर्थिक, सामाजिक, शैक्षिक रुपमा विकास हुदा पनि बसाइ सर्ने क्रम भने नरोकिएको बताए ।
उनले बस्नका लागि उच्च स्तरको शिक्षा, स्वास्थ्य र रोजगारको प्रवद्र्धन मिलाउने आश्वासन दिँदा समेत गाउँबाट तराईका विभिन्न जिल्ला लगायत काठमाण्डौ बसाई सराई गर्ने क्रम नरोकिएको बताए ,
९ वटा वडा रहेको यो नगरपालिकामाका सर्वसाधारण अधिकांश कृषि पेशामा आश्रित छन् ।
नगरपालिकाले कृषिको क्षेत्रमा धेरै कामहरु अगाडि बढाएको छ ।
तर सरकारले बजेट बनाउँदा गाउँकेन्द्रित बजेट नबनाउने गर्दा गाउँको विकास हुन नसकेकै कारण बर्षेनी बसाई सराइको अवस्था भयावह बन्दै गएको उनको भनाई छ ।
अहिले गाउँगाउँमा सडक सञ्जाल बनेको भएपनि बनेका सडकहरुले सिधै सहरसँग जोड्ने् काम गरेकोले बसाई सर्नेलाई झन सहज बन्दा बसाई सराई बढेर गएको उनको बुझाई छ ।
सरकारले गाउँमा प्रशासनिक व्यवस्था लागू नगरुन्जेल गाउँको विकास हुन नसक्ने बताउनुभयो ।
बसाई सराई गरेर जानेहरुहरुले आफू जन्मेको स्थानको विकासका लागि केही गर्न सके उसलाई गाउँको माया हुने र पुन : गाउँ फर्किएर आउने सम्भवना हुने उनको बुझाई छ ।
उहाँले गाउँबाट सहर बसाई सर्नेलाई महिनादेखि दुई