एसइई स्पिकर बिजेतालाइ पुरस्कार बितरण

  • असार २१, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 धरान/  माध्यमिक शिक्षा परिक्षा दिएर बसेका बिद्यार्थीहरुका लागि आयोजना गरिएको एस.ई.ई.स्पिकरका बिजेताहरुलाई बुधबार पुरस्कार बितरण गरिएको छ।

 र्‍याडिकल लाईट नेपाल प्रा.लि.धरान द्वारा आयोजित एस.ई.ई.स्पिकर सिजन-३ का बिजेताहरुलाई धरान उप-महानगरपालिका वडा नम्बर १३ को वडा कार्यालय स्थित वडा बाल सन्जालको भवनमा एक कार्यक्रमका बिच नगद पुरस्कार बितरण गरिएको हो।

प्रा.लि.का अध्यक्ष तिर्थ कार्की, धरान-१३ का वडा अध्यक्ष नेत्र प्रसाद काफ्ले र शान्ति अभियन्ता राम बहादुर लिम्बुले बिजेताहरुलाई अबिर र खदा सहित नगद पुरस्कार बितरण गरे।

बिजेताले २० हजार नगद सहित प्लस टु अध्ययनका लागि पुर्ण छात्रबृत्ति प्राप्त गरेका छन।

see-spekar

त्यस्तै दोश्रो हुनेले १५ हजार नगद र प्लस टु अध्ययनका लागि ७० प्रतिशत छात्रवृत्ति, तेश्रो हुनेले १० हजार नगद र प्लस टु अध्ययनका लागि ६० प्रतिश छात्रवृत्ति र सान्त्वना हुनेले ५ हजार नगद सहित प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गरेका छन।

सनिबार भएको अन्तिम चरणमा उत्कृष्ट १० जना सहभागिहरु बिच भएको प्रतिष्पर्धाबाट भरोल बाल मन्दिर बराहक्षेत्र नडाहाकी एन्जिला कार्की पहिलो, शारदा बालिका नमुना मा.बि. कि अनुस्का राई दोश्रो, सरस्वति मा.बि. पानमाराकी स्नेहा निरौला तेश्रो र चन्द्र संस्कृत मा.बि. धरानका सागर दाहालले सान्त्वना स्थान हात पारेका थिए।

बिजेता एन्जिला कार्कीले एस.ई.ई.स्पिकरको बिजेता हुन पाउदा धेरै खुशि लागेको बताउदै आफुले धेरै कुरा सिक्ने अवसर पाएको बताईन।त्यस्तै अभिभावकको तर्फबाट माया राईले आफ्ना छोराछोरीहरुका लागि यस्तो अवसर प्रदान गरिदिएकोमा आयोजकलाई धन्यवाद ब्यक्त गरिन।

वडा अध्यक्ष काफ्ले र शान्ति अभियन्ता लिम्बुलै बिजेताहरुलाई बधाई ज्ञापन गरे।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved