अपांग तथा असहाय केन्द्रको सहयोग निरन्तर " एक बर्षको अवधिमा धेरैलाई सहयोग प्रदान"

  • असार २०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

 

धरान/  कतिपय संघ संस्थाहरु मानवीय सहयोग भन्दा पनि आफ्नो स्वार्थका लागि स्थापना भएका हुन्छन्,

थोरैमात्र निःस्वार्थ भावनाले अभिप्रेरित भएर सञ्चालन हुने गरेका छन् ।

यसमध्ये धरान १९ मा रहेको अपांग तथा असहाय पुनस्र्थापना केन्द्र धरान पनि एक हो ।

यो संस्थाले अपांगता भएका लागि निरन्तर सहयोग गरेर आफूलाई स्थापित गरेको छ ।

धरान १९ स्थित अपांग तथा असहाय केन्द्र अपांग तथा असहायका लागि सहयोगीको रुपमा विगतदेखि नै प्रस्तुत हुदै आएको छ ।

यो संस्थाले आर्थिक बर्ष ०७९/ ०८० को असार २० गतेसम्म गरिब तथा अपांगता भएका सैयौलाइ खाद्यान सामाग्री,

निःशुल्क स्वास्थ्य विमा, जीविको पाजर्नका लागि अपांगता भएका एकल महिलालाई सिलाई मेसिन वितरण लगायत आर्थिक अभावका कारण पढ्न नसकेकाहरुलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

यो संस्थाले पुलको काम मात्र गरेको हो । कतिपय आफैले कतिपय सहयोग सहयोगी हातमार्फत गर्दै आएको हो ।

एक बर्षदेखि निरन्तर सहयोग गर्दै आएका धरानका अशोक अग्रवालले गरिब, अपाग, वृद्धहरुलाई खाद्यान्न सामाग्रीसहित सिलाइमेसिन, स्वास्थ्य वीमा, औषधि खरिद लगायतका सहयोग गर्दै आएको भए तापनि यति गरे भन्ने एकिन नभएको बताए ।

अपांंग तथा असहाय केन्द्रका निर्देशक सुनिल खड्काले विभिन्न सहयोगी दाताहरुको सहयोगमा अपांग तथा असहायहलाई सहयोग गर्दे आएको बताए ।

उहाले यो आर्थिक बष ०७९/०८० को असार २० गतेसम्म ५ सय जनालाई खाद्यान्न सामाग्री। दुई परिवारको १० जनाको दरले १ सय २० जनाको स्वास्थ्य विमा,

सिलाई मेसिन २० जना अपंगाता भएका एकल महिलारुलाई २० थान सिलाई मेसिन लगायत छात्रवृत्ति प्रदान गरिएको बताए ।

अपांगता भएकाहरुलाई राज्यले संविधानमै उल्लेख गरेर धेरै सहयोग उपलब्ध गराएपनि धेरैलाई यो कुरा जानकारी नभएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. विकास साहले बताए ।

संविधानले दिएको अधिकार नगुमाउन उनले अनुरोध गरे ।

‘मिस्टर स्टेट राजभगत ...

धरान/  शारीरिक सुगठन खेलका अग्रज अन्तर्राष्ट् ...

इटहरीमा करेन्ट लागेर ...

इटहरी/ सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा मा ...

सप्तकोसीले धार परिवर ...

इटहरी/ तीन वर्षअघि सप्तकोसी नदीले धार परिवर्तन गरी ...

साइकलयात्रीको मृत्यु ...

सर्लाही/  सर्लाहीको लालबन्दी नगरपालिका–५ मेज ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved