बिराटनगरको पुनर्जीवनका लागि बहस चलाऔ:मुख्यमन्त्री कार्की

  • असार १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर /  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको पुनर्जिवनका लागि बहस चलाउन आवश्यक भएको बताउनु भएको छ ।

शनिबार विराटनगर स्थित अतिथि सदनको स्वर्ण जयन्ति समारोहमा बोल्दै उहाँले भन्नुभयो,

आधादर्जन भन्दा बढी प्रधानमन्त्री जन्माउने राजनीतिज्ञहरुको नगर विराटनगर कुनै बेला राजनीतिक आन्दोलन र उद्योगधन्दाको केन्द्र थियो,

तर अहिले विराटनगरमा न त हिजोका जस्ता राजनीतिक नेतृत्व छ न त उद्योगधन्दा नै छन् । त्यसैले अहिले विराटनगर निदाएको जस्तो छ, सातो गएको बालक र रित्तिएको भाँडो जस्तो भएको छ 

विराटनगरलाई कसरी पुनर्जिवन दिन सकिन्छ, के गर्दा पुनः विराटनगर जुरमुराउँछ भन्ने विषयमा विराटनगरको नेतृत्वले बहस चलाउन आवश्यक भएको उहाँले बताउनुभयो ।

प्रादेशिक राजधानी समेत रहेको विराटनगरको पुनर्जिवनका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

विराटननगरको निर्माणमा माडवारी समुदायले पुरयाएको योगदानको चर्चा गर्दै यहाँको माडवारी समुदायलाई बाहिर पलायन हुन नदिन नगरले योजना बनाउन आवश्यक भएको उहाँको सुझाव छ ।

तीन वर्ष भित्र निर्माण सम्पन्न हुने गरी विराटनगर – १९ स्थित झापा बैजनाथपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम भइरहेको स्मरण गराउँदै उक्त रङ्गशालाको निर्माणले विराटनगरलाई पुनर्जिवनमा सहयोग पुग्ने बताउनुभयो ।

उहाँले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमान स्थलको रुपमा विस्तार गर्न सकेमा विराटनगरको चहलपहल बढ्ने चर्चा गर्दै केपी ओली नेतृत्वको सरकारले सुरु गरेको उक्त कार्यालाई पुनः निरन्तरता दिन आवश्यक भएको औल्याउनु भयो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विगतमा औद्योगिक र राजनीतिज्ञहरुको नगरीको रुपमा परिचित विराटनगरले पुरानो आफ्नो परिचय गुमाउँदै गएकाले अब कस्तो विराटनगर बनाउने भनेर सोच्नुपर्ने बेला भएको बतााउनुभयो ।

सो अवसरमा नेपाल राष्ट्रिय माडवारी परिषद्का केन्द्रिय अध्यक्ष पवन मित्तल, माडवारी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, सदनका पूर्व अध्यक्ष ताराचन्द खेतान लगायतका व्यक्तिहरुले विराटनगर अतिथि सदन निर्माणका बारेमा बोल्नु भएको थियो ।

कारमा ब्राउन सुगर ओस ...

झापा/  भारतसँगको खुला सीमाको फाइदा उठाउँदै नि ...

बराहक्षेत्रमा मोटरसा ...

बराहक्षेत्र/  सुनसरीको बराहक्षेत्र नगरपालिका&ndash ...

तरहरा इटहरी लायन्सको ...

इटहरी । तरहरा इटहरी लायन्स क्लबको अध्यक्षमा पवन अधिकारी ...

चटयाङले श्रीमान आइस ...

धरान । भोजपुर आमचौकमा एकै परिवारका तीन जनालाई चटयाङ लाग ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved