नकआउट फुटबल प्रतियोगिता सम्पन्न

  • असार १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  विराटनगर महानगरपालिका वडा नम्बर १९ को आर्थिक सहयोगमा सुनौलो नेपालले आयोजना गरेको नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक विकाससँगै अनुशासित बनाउने बताउनुभयो ।

उहाँले अनुशासित नागरिकले मात्रै समाजलाई रुपान्तरण गर्ने दाबी गर्नुभयो ।

मेयर कोइरालाले महानगरले अन्य क्षेत्रलाई झैं खेलकुदलाई पनि उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

उहाँले १९ नम्बर वडास्थित वैजनाथपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी कार्य भइरहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विराटनगर वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेले आगामी वर्षदेखि प्रतियोगितालाई वृहत बनाउने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले १९ नम्बर वडामा मात्रै सीमित नराखेर महानगरका अन्य वडालाई पनि सहभागी बनाएर महानगरस्तरीय बनाउने जानकारी दिनुभयो ।

खेलकुदका माध्यमबाट वडाको पहिचान स्थापित बनाउने उहाँले बताउनुभयो । वैजनाथपुर रंगशालाको जीर्णोद्वार प्रचारप्रसार गर्ने उहाँको भनाइ थियो ।

यसैबीच, आज भएको फाइनल खेलमा साविकको बैजनाथपुर वडा नम्बर २ खवास टोल विजयी भएको छ ।

खवास टोलका लागि सुजित खवासले गोल गरेका थिए । खवास टोलले साविक वडा नम्बर १ मिलन चोकलाई १–० गोल अन्तरले पराजित गरेको छ ।

विजेता टिमलाई १५ हजार र उपविजेतालाई १० हजार नगद राशिसहित ट्रफी, मेडल र प्रमाण विजेता प्रदान गरिएको थियो ।

असार सुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको आयोजक सुनौलो नेपालका अध्यक्ष सुमन बञ्जराले जानकारी दिनुभयो ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved