मौसम पूर्वानुमान: मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

  • असार १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी /कोशी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ–गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना छ।

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको   जनाएको छ।
महाशाखाका अनुसार हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी भू९भागमा आँशिक देखि सामान्य बदली रहेको छ।

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जानकारी दिएको छ।

वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको आकलन छ।

विभागका अनुसार राति साथै कोशी र मधेश प्रदेशको एक/दुई स्थानमा मेघ-गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

भारी वर्षा, मेघ–गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

 

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved