ताप्लेजुङमा बलात्कारको घटना बढी -इन्सेक

  • असार १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी / अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङको नेपाल मानव अधिकारवर्ष पुस्तक २०२४ को अर्धवार्षिक समिक्षा अनुसार ६ महिनाको अवधिमा १२ वटा घटनामा सबैभन्दा बढी बलात्कारको घटना घटेको पाइएको छ ।

बिहीबार प्रतिवेदन प्रस्तुत गर्दै इन्सेकका जिल्ला प्रतिनिधि देवराज गुरुङले ६ महिनामा ५ वटा बलात्कारको घटना रहेको बताए । उनका अनुसार गत मध्य पुस महिनादेखि यो अवधि सम्ममा ताप्लेजुङमा मानव अधिकार उल्लंघन सम्बन्धित १२ वटा घटना मध्ये सबैभन्दा बढी बलात्कारका ५ वटा,घरेलु हिंसाका ४ वटा,हत्याका २ वटा र बहुबिवाहसंग सम्बन्धित एक घटनाको अभिलेख इन्सेकसंग रहेको छ।

सन् २०२२ को एकवर्षे अवधिमा इन्सेकको अभिलेखमा २० वटा घटना समावेश थिए। जसमा आधा भन्दा बढी बलात्कारकै रहेका थिए। इन्सेक जिल्ला प्रतिनिधि गुरुङका अनुसार उतिबेला अभिलेखीकरण भएका मध्ये ११ वटा बलात्कारका,२ वटा बाल यौन दुव्र्यवहारका,बलात्कार तथा मानव बेचबिखनसंग सम्वन्धित,स्वास्थ्यकर्मी माथि हातपात र कुटपिटसंग सम्बन्धित र जेष्ठ नागरिक कुटपिटसंग सम्बन्धित र बहुविवाहसंग सम्बन्धित एक–एकवटा घटना भएका थिए। हत्यासंग सम्बन्धित ३ वटा घटनाको अभिलेख इन्सेकसंग रहेको छ।

 अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ताप्लेजुङको नेपाल मानव अधिकारवर्ष पुस्तक २०२४ को अर्धवार्षिक समिक्षा अनुसार ६ महिनाको अवधिमा १२ वटा घटनामा सबैभन्दा बढी बलात्कारको घटना घटेको पाइएको छ ।

बिहीबार प्रतिवेदन प्रस्तुत गर्दै इन्सेकका जिल्ला प्रतिनिधि देवराज गुरुङले ६ महिनामा ५ वटा बलात्कारको घटना रहेको बताए ।

उनका अनुसार गत मध्य पुस महिनादेखि यो अवधि सम्ममा ताप्लेजुङमा मानव अधिकार उल्लंघन सम्बन्धित १२ वटा घटना मध्ये सबैभन्दा बढी बलात्कारका ५ वटा,घरेलु हिंसाका ४ वटा, हत्याका २ वटा र बहुबिवाहसंग सम्बन्धित एक घटनाको अभिलेख इन्सेकसंग रहेको छ। 

सन् २०२२ को एकवर्षे अवधिमा इन्सेकको अभिलेखमा २० वटा घटना समावेश थिए। जसमा आधा भन्दा बढी बलात्कारकै रहेका थिए।

इन्सेक जिल्ला प्रतिनिधि गुरुङका अनुसार उतिबेला अभिलेखीकरण भएका मध्ये ११ वटा बलात्कारका,२ वटा बाल यौन दुव्र्यवहारका,बलात्कार तथा मानव बेचबिखनसंग सम्वन्धित,स्वास्थ्यकर्मी माथि हातपात र कुटपिटसंग सम्बन्धित र जेष्ठ नागरिक कुटपिटसंग सम्बन्धित र बहुविवाहसंग सम्बन्धित एक–एकवटा घटना भएका थिए। हत्यासंग सम्बन्धित ३ वटा घटनाको अभिलेख इन्सेकसंग रहेको छ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved