महिला स्वरोजगार वृद्धि गर्न वरमाला बनाउने तालिम

  • असार १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt -मोहन श्रेष्ठ

धरान /देशको समृद्धिका लागि महिलाहरु उद्यमी हुन आवश्यक भएको कोशी प्रदेश सभा सदस्य यसोदा कायस्थले बताउनुभयो ।

सिद्धि नेवाः परिषद्को आयोजनामा २०८० असार १० सोमबार देखि ७ दिने वरमाला बनाउने, नरिवल सुपारी सजाउने तालिमको अनुगमनको क्रममा प्रदेशसभा सदस्य कायस्थले देशको आर्थिक वृद्धिका लागि महिलाहरु उद्यमी हुन आवस्यक रहेको बताउनु भयो ।

धरान ७ स्थित सिद्धि नेवाः परिषदमा संचालित तालिममा धरानका विभिन्न वडाका १८ जना महिलाहरु सहभागी भएका थिए ।IMG_20230629_121329

धरानका महिलाहरुलाई सशक्तिकरण गर्न र उनिहरुमा सीप बिकास गरी स्वरोजगर तथा व्यवसायी बनाउने उद्देश्यले तालिमको अयोजना गरिएको सिद्धि नेवाः परिषद्का अध्यक्ष राज विमल श्रेष्ठले बताए ।  

प्रदेश सरकारबाट युवा महिलाहरुको सशक्तिकरण र सीप विकास कार्यक्रम अन्तरगत धरान उपमहानगरपालिकालाई हस्तान्तरित बजेटबाट कार्यक्रम संचलन भएको हो ।IMG_20230629_121407

धरान उपमहानगरपालिका सँग सम्झौता भई रु ५० हजारको वजेट सहयोगमा कार्यक्रम संचालन हुन लागेको सिद्धि नेवाः परिषद्का महासचिव मोहन श्रेष्ठले जानकारी गराए । 

विवाह कार्यक्रममा नभई नहुने वरमाला बनाउने र नरिवल सुपारी सजाउने सीप सिक्न सके यसबाट राम्रो आम्दानी गर्न सकिने,

घरको काम भ्याएर पनि उत्पादन गर्न सकिने भएकाले माला मात्र बिक्री गरेर मासिम २५ हजार सजिलै कमाउन सकिने प्रशिक्षक जुली ताम्राकारले बताउनुभयो । 

कार्यक्रममा सहभागीहरुलाई प्रयोगात्मक रुपमा विभिन्न किसिमको वरमाला नै तयार गर्न लगाईएको थियो ।

सवैले तालिम अवधिमा नै वरमाला, नरिवल सुपारी सजाउने काम गरेकाले तालिम उपलब्धिपुलक भएको आर्थिक समिति संयोजक विनिता वज्रचार्यले प्रतिक्रिया दिनुभयो । 

कार्यक्रम धरान उपमहानगरपालिकाबाट अनुगमन र विभिन्न संघ सस्थाका पदाधिकारीहरुबाट अवलोकन भएको छ ।

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved