प्रशासन सुधार कार्यदलले बुझायो प्रतिबेदन

  • असार १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / प्रशासन सुधार कार्यदलले कोशी प्रदेश सरकारलाई प्रतिबेदन बुझाएको छ ।
कार्यदलले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक समारोहका बीच मुख्यमन्त्री हिक्मत कार्कीलाई प्रतिवेदन बुझाएको हो ।

कोशी प्रदेश सरकारले चार महिना अघि २०७९ माघ ६ गते पूर्व सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा तीन सदस्य कार्यदल गठन गरेको थियो । कार्यदलका अन्य सदस्यहरुमा पूर्व प्रशासक बाबुराम पौडेल र मन्त्रिपरिषद् तथा मुख्यमन्त्री कार्यालका शासकीय सुधार महाशाखाका सचिव रहनु भएको थियो ।

कार्यदलको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री कार्कीले कार्यदलले प्रतिवेदन मार्फत दिएका राय सुझावहरुलाई आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मार्फत कार्यन्वयन गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।

उनले कार्यदलले दिएका सुझावहरु कार्यन्वयन गर्ने सवालमा प्रदेश सरकारका मन्त्री तथा सचिवहरुको महत्वपूर्ण भूमिका हुने जानकारी गराँउदै प्रतिवेदनलाई राम्रोसँग अध्ययन गरेर कार्यन्वयनमा लैजान पनि मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।कार्यदलले बुझाएको प्रतिवेदन बुधबारनै मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका प्रमुख सचिव डा दीपक काफ्लेलाई कार्यन्वयका लागि हस्तान्तरण गरेका थिए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved