कोशी प्रदेश सरकारले बिश्वासको मत लिन प्रस्ताब दर्ता

  • असार १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर / कोशी प्रदेश सरकारमा सम्मिलित दुई वटा पार्टीले समर्थन फिर्ता लिए पछि अल्पमतमा परेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने बारेको सूचना प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन्।

कोशी प्रदेशसभाका सचिव गोपाल पराजुलीका अनुसार असार १४ गते बस्ने प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठकको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले दर्ता गरेको सूचनाका आधारमा विश्वासको मत लिने प्रस्तावलाई कार्यसूचीमा राखिने छ।

सत्ता साझेदार दलहरू नेकपा माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीलाई सत्तामा टिकिरहन प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता छ। हाल एमालेको सरकारलाई राप्रपाले मात्रै साथ दिएको छ।

सत्तारुढ दलको पक्षमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ जना सांसद मात्रै छन्। प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्दछ। विश्वासको मत लिने प्रक्रिया अघि बढाउने, विश्वासको मत आउने अवस्था भए ठिकै छ नभए मुख्यमन्त्रीले राजीनामा दिने नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved