खाँदबारी–किमाथांका सडक अवरुद्ध

  • असार ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

खाँदबारी / अविरल बर्षासँगै आएको बाढीले संखुवासभाको उत्तरदक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ ।

मकालु गाउँपालिका–५ को मुढे र मकालु–३ मा पहिरो खसेको छ । लगातारको वर्षाले उत्तरदक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाका सडकखण्ड अवरुद्ध हुदा जनजीवत प्रभावित बनेको छ ।

बाढीसँगै आएको पहिरोले विद्युत पोल बगाएको छ । विजुलीको पोल बगाउँदा मकालु गाउँपालिकामा विद्युत सेवासमेत अवरुद्ध भएको छ । यस गाउँपालिकाका सर्वसाधारण अँध्यारोमा बस्न बाध्य छन् ।

उत्तरदक्षिण कोशी सडक कार्यालयका प्रमुख सविन कोइरालाले वर्षापछिको पहिरोले उत्तरदक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथांका सडकखण्ड अवरुद्ध भएको जानकारी दिए ।

उनका अनुसार कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ । मकालु गाउँपालिका–५ मा मुढेमा भने पहिरो हटाउने प्रयास भइरहेहेकोे प्रमुख कोइरालाले बताए ।

उनले भने–‘अहिले पनि त्यस क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ, बर्षासँै पहिरो खस्ने क्रम पनि रोकिएको छैन, अवरोध हटाउन अझै केही दिन लाग्छ ।’

सडक अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकाको खाँदबारीसँग सम्पर्क टुटेको छ । पहिरोका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने दजनौं गाडीहरु बीच बाटामा अपलत्र परेका छन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved