सिद्धि नेवाः परिषदद्वारा पेट सम्बन्धी निःशुल्क स्वस्थ्य शिविर

  • असार ३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /  बेलैमा उपचार र खानपानमा ध्यान दिन सके पेट सम्बन्धी रोगको निदान गर्न सकिने डाक्टर सन्दिप राज व्रजचार्यले बताए ।

ग्याष्ट्रिक अधिकांस नेपालीलाई हुने पेटको रोग भएकाले नियमित ग्याष्ट्रिक औषधि सेवन गर्नु पनि हानिकार हुने उनले सुझाएका छन् । रोगका कारण पत्ता लगायर मात्र औषधि प्रयोग गर्नु राम्रो हुने डा.वज्रचार्यले सल्लाह दिएका छन् ।

सिद्धि नेवाः परिषद् धरान ७ ले शनिबार अयोजना गरेको शिविरमा ७२ जना विरामीको जाँच गरिएको थिए ।

विमारीहरुलाई म्यानस फर्माले आवश्यक औषधि निःशुल्क उपलब्ध गराएको थियो भने विर्तामोड डायोनोस्टिक सेन्टर एण्ड पोलिक्लिनिक धरानले निःशुल्क प्रेसर सुगर जाँच गर्नुका साथै सहुलियत दरमा अन्य जाँच गर्ने सुविधा प्रदान गरेको थियो ।

सिद्धि नेवाः परिषद् नेवाः जातीय सस्था भएपनि सामाजिक उत्तरदायित्व पुरा गर्ने सबैजात जाती र वर्गका लाई स्वास्थ्य सेवा दिन निःशुल्क स्वास्थ्य शिविरको अयोजना गरेको परिषद्का अध्यक्ष राज विमल श्रेष्ठले बताए ।

अतुल दिप श्रेष्ठको संयोजकत्वमा सम्पन्न शिविरमा, हरिकृष्ण श्रेष्ठ, शिला बज्रचार्य, किशोर श्रेष्ठ, मनमोहन श्रेष्ठ, मदनमान अमात्य, दिनेश श्रेष्ठ, सरोज श्रेष्ठ लगायतको सकृय सहभागिता रहेको थियो ।

कार्यक्रममा परिषद्का निवर्तमान अध्यक्ष गोकुल प्रसाद श्रेष्ठले डा.सन्दिप राज वज्रचार्यले ईन्टरनल मेडिसिनमा एम.डी., गैस्टाएटरोलोजी तथा हेपेटोलोजी विषयमा डी.एम. गर्नु भएको र बिपिकोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानको असिस्टेन्ट प्रोफेसर समेत भएकाले रोग सम्बन्धी विशेषज्ञ सेवा पाउन सकेको र फलो अप गर्न पनि सजिलो भएको बताउदै शिविरले धैरै जेष्ठ नागरिकहरुलाई सेवा दिन सकेमा खुशी ब्यक्त गरेका थिए ।

सिद्धि नेवाः परिषद्ले धरानका विभिन्न रोगका बिशेषज्ञ डाक्टरहरुबाट दुई दुई महिनामा स्वस्थ्य शिविर अयोजना गर्ने योजना बनाएको परिषद्का महासचिव मोहन श्रेष्ठले जानकारी दिए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved