आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन उद्घाटन

  • जेठ ३१, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले वडा नम्बर ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन गरेका छन ।

बुधबार गरिएको उद्घाटन समारोह कार्यक्रममा मेयर कोइरालाले २०७७ सालदेखि उक्त वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको थियो । तर आफ्नै भवन नहुँदा वडा कार्यालयबाट सेवा प्रवाह हुँदै आउदा केहि समस्या हुने गर्थ्यो ।

तर ३ बर्षको अबधिमा महानगरले आफ्नै जग्गामा एकतले भवन निर्माण गर्न सक्षम भएकोमा खुशि व्यक्त गर्दै मेयर कोइरालाले महानगरले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा दिएर काम गर्ने मेयरको योजना रहेको बताएका छन ।

उनले सेवा केन्द्रबाट ज्येष्ठ नागरिकसहित गर्भवती, असक्त नागरिकहरुलाई समेत सहज रुपमा सेवा प्रवाह हुने बताएका छन । मेयर कोइरालाले महानगरले आफ्नै सिटी अस्पताल सञ्चालन गर्ने योजना रहेको बताएका छन ।

वडा तहमा भएका स्वास्थ्य सेवा केन्द्रहरुबाट रेफर गरिएका बिरामीलाई महानगरस्तरीय सिटी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाउन सकिए विराटनगरवासीलाई धेरै सहजका साथै राहत हुने बताए ।

कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीको समेत उपस्थीत रहेको थियो । उपमेयर कार्कीले प्रत्येक वडामा ल्याबसहितको स्वास्थ्य सेवा दिनेगरी महानगरले काम गरिरहेको बताईन । उनले आगामी आर्थिक वर्षको बजेटमा ८० वर्ष भन्दा माथि उमेर समुहका ज्येष्ठ नागरिकहरुलाई सम्पूर्ण सेवा निःशुल्क प्रवाह गर्ने तयारी भइरहेको बताएकी छिन् ।

कार्यक्रममा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने भवन निर्माण समितिका संयोजक तुलसा भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका छन ।

केन्द्रबाट गर्भवतीको नियमित जाँच, प्रेसर सुगरको चेकजाँच सहित आधारभूत स्वास्थ्य सेवाका साथै औषधि समेत निःशुल्क उपलब्ध गराउने महानगरका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले बताएका छन ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved