निःशुल्क ट्यूसन सेन्टरलाई महानगरको सहयोग

  • जेठ ३०, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर /  विराटनगर–१४ स्थित साविकको विराट साइन्स कलेज रहेको स्थानमा सञ्चालित निःशुल्क ट्यूसन सेन्टरका विद्यार्थीका लागि विराटनगर महानगरपालिकाले शैक्षिक सामग्री प्रदान गरेको छ ।

हाल मनमोहन प्राविधिक विश्वविद्यालयको सम्पर्क कार्यालय रहेको भवनमा शैक्षिक अभियन्ता धर्मप्रकाश मण्डलको अगुवाइमा स्थानीय विद्यार्थीहरुका लागि निःशुल्क ट्यूसन पढाउने व्यवस्था मिलाइएको छ । मण्डलले वडा नम्बर ८ र १४ का विद्यार्थीहरुलाई लक्षित गरेर सुरु गरेको ट्यूसन सेन्टरमा हाल ४ सयभन्दा बढी विद्यार्थीहरु अध्ययन गर्ने गरेका छन् ।

महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले स्थानीय धर्मप्रकाश मण्डलको नेतृत्वमा स्थानीय विद्यार्थीलाई निःशुल्क ट्यूसन पढाइरहेको थाहा पाएपछि महानगरका तर्फबाट विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको जानकारी दिनुभयो ।

“धर्मप्रकाश मण्डलले स्थानीय बालबालिकाहरुका लागि निःशुल्क ट्यूसन पढाइरहेको हामीले थाहा पायौं, उहाँहरुलाई हौसना प्रदान गर्न महानगरका तर्फबाट केही शैक्षिक सामग्री प्रदान गरेका छौं,” उपमेयर कार्कीले भन्नुभयो, “उहाँहरुको यो अभियानमा महानगरले आगामी दिनमा पनि सहयोग गर्नेछ ।”

महानगरका तर्फबाट शैक्षिक सामग्रीसँगै विपन्न विद्यार्थीका लागि चप्पलका साथै डस्बिनसमेत प्रदान गरिएको थियो ।

७ जना विद्यार्थीबाट सुरु गरेको ट्यूसन सेन्टरमा हाल ४ सयभन्दा बढी विद्यार्थी अध्ययन गर्ने गरेको अभियन्ता मण्डलले बताउनुभयो । कक्षा १ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीलाई ११ जना शिक्षकले निःशुल्क ट्यूसन पढाइरहेको बताउनुभयो ।

गत वैशाख १७ गतेदेखि सञ्चालित सेन्टरमा दिन प्रतिदिन विद्यार्थीको संख्यासमेत बढ्दै गएको उहाँले बताउनुभयो ।

निःशुल्क ट्यूसन पढ्न पाएपछि विद्यार्थीसमेत खुसी देखिएका छन् । महानगरका १९ वटै वडामा निःशुल्क ट्यूसन सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको अभियन्ता मण्डलले सुनाउनुभयो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved