लम्पी स्किन रोगबाट कोशी प्रदेशमा ११ सय ३२ गाइभैसीको मृत्यु "के हो लम्पी स्किन ?"

  • जेठ ३१, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी /  तीन वर्ष अघि मोरङको सुन्दर हरैचामा देखिएको पशुलाइ लाग्ने लम्पी स्किन रोगले हाल सम्म कोशी प्रदेशमा ११ सय ३२ गाइभैसि मरेको तथ्यांकले देखाएको छ ।

कोशी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी विनोदकुमार साहका अनुसार कोशीमा ८५ हजार ७ सय ८४ संक्रमित र ११ सय ३२ गाईभैंसी मरेका छन् ।

रोग फैलिने क्रम तीव्र रहेकाले रोग नलागेकालाई भ्याक्सिन लगाउन सुरु गरेको उनले बताए । उनका अनुसार लम्पीले मधेशभन्दा मध्य पहाडी भेगमा बढी असर गरेको छ ।

पशु सेवा विभागका अनुसार मुलुकभर ३ लाख ५३ हजारभन्दा बढी गाईभैंसीमा संक्रमण देखिएको छ । संक्रमणबाट ९ हजार ४ सय गाईभैंसी मरिसकेको र यो संख्या अझै बढ्न सक्ने विभागको प्रक्षेपण छ ।

के हो लम्पी स्किन ?

पशु सेवा विभागका अनुसार यो झिंगा ९डाँस०, भुसुना, लामखुट्टे, किर्नाको टोकाइबाट सर्ने संक्रामक रोग हो ।

गर्मीयाममा बढी संक्रमण हुने यो रोग लागेका गाई, भैंसीको छालामा साह्रो गिर्खा देखिन्छ र उच्च ज्वरो आउँछ । रोग लागेसँगै गाईभैंसीको दूध उत्पादन ह्वात्तै घट्छ ।

रोग देखिनेबित्तिकै गाईभैंसीलाई बथानबाट छुट्याएर अलग्गै राख्न विभागको सुझाव छ ।

ज्वरो आएका पशुलाई जोत्ने, गाडा तान्ने काममा नलगाई आराम गराउने र प्रशस्त मात्रामा सफा पानी खान दिनुपर्छ ।

रोग लागेपछि ज्वरो घटाउन पारासिटामोल वा मेलोक्सिकेम प्रयोग गर्नुपर्छ । घाउको चिलाइ न्यूनीकरणका लागि औषधिको प्रयोग गर्ने, फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलम लगाउने गर्नुपर्छ ।

रोगका कारण शिथिल पशुलाई आवश्यकताअनुसार स्लाइन दिनुपर्छ ।

शरीरमा गिर्खाको संख्या अत्यधिक भएका पशुलाई आइभरमेक्टिन र घाउ पाकेको अवस्थामा प्राविधिकको सल्लाहअनुसार एन्टिबायोटिक्सको सुई लगाउनुपर्छ ।

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved