नागरिकता बिहिन मोरङका निरज कुमार कामतले गरे आत्मदाहको प्रयास

  • जेठ ३१, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / नागरिकता विधेयकविरूद्ध परेको रिटमाथि सर्बोच्चमा मंगलबार सुनुवाइ तोकिएको भएपनि हेर्न नभ्याइने भएपछि मोरङ्का एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

नागरिकताविहीन मोरङका निरज कुमार कामतले काठमाडौंको माइतिघर मण्डलामा आफैँलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको काठमाडौ जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले बताए ।

आत्मदाहको प्रयास गर्दैगर्दा प्रहरीले कामतलाई उद्धार गरेको थियो । उद्धारपछि कामतलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेपछि परेको रिटमा सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ । सर्बोच्चको आदेशपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा आन्दोलन गर्दै आइरहेको छ ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved