पत्रकार दासमाथि आक्रमण गर्नेमाथि कारबाहीको माग

  • जेठ २९, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर/  मोरङ उर्लाबारीस्थित पूर्वी कमाण्ड अनलाइनका समाचार प्रमुख पुजन दास माथि सांघातिक आक्रमण भएको छ ।

समाचार संकलन गरेर फर्किने क्रममा मोरङको रतुवामाई १० स्थित एक ग्यारेजमा मोटरसाइकल बिग्रिएर मर्मत गर्ने क्रममा ५र ६ जनाको समूहले उनीमाथि आक्रमण
गरेका हुन् । उनको अहिले उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको छ ।

आफूलाई बिना कारण आक्रमण गरिएको दासले बताए । उनको मुखमा चोट लागेको छ ।

घटनामा संलग्नलाई पक्राउ गरी कानूनी कारबाहीको माग गर्दै प्रेस सेन्टर मोरङले माग गरेको छ ।

सो संगठनले समाचार लेख्ने, संकलन गर्ने र प्रकाशन तथा प्रसारण गर्ने संवैधानिक अधिकारको रक्षा गर्दै शान्तिपूर्ण ढंगले काम गर्ने वातावरण सिर्जना गर्न पनि स्थानीय प्रहरी प्रशासनसमक्ष माग गरेको छ

यो पनि

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved