उर्लाबारीमा यात्रुबाहक बसमाआगजनी गर्ने ५ जना पक्राउ

  • जेठ २९, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/  गत बिहिबार उर्लाबारीको नयाँ मंगलबारेमा भएको सडक दुर्घटनामा एक युवाको मृत्यु भएपछी सवारी साधन तोडफोड गर्ने ५ जनालाइ आज मोरङ जिल्ला प्रहरीले पक्राउ गरेको छ ।

गत २५ गते उर्लाबारी नगरपालिका वडा नं. ३ नयाँ मंगलबारे सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुबाहक बसले विपरित दिशातर्फ जाँदै गरेको प्रदेश नं.०१-०१-०१३ प २९० नं.को स्कुटरलाई अगाडीबाट ठक्कर दिंदा स्कुटर चालकको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा झापा कमल गाउँपालिका वडा नं २ बस्ने बर्ष ३३ को पवन सुबेदीको मृत्यु भएको हो ।

सुबेदीको उपचारको क्रममा मृत्यू भए पछि घटनास्थलमा स्थानीयले यात्रुबाहक सवारी साधनमा आगजनी गरेका थिए ।

आगजनीमा संलग्न भएको आरोपमा पथरी शनिश्‍चरे १ का प्रज्वल भन्ने गोकुल भण्डारी, वडा नम्बर ४ का जिबन थापा, वडा नं. ९ का मानव भन्ने अनमोल राई, वडा २ का आयुस रिजाल र मोहन कुमार मगर रहेका छन् ।

दुर्घटनामा बस चालक जिल्ला झापा कन्काई नगरपालिका वडा नं ३ का टंक प्रसाद सुबेदीलाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।

उनिहरुलाइ आपराधिक उपद्रव कसूरमा मोरङ जिल्ला अदालतबाट सात दिन म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved