कोशी प्रदेशमा एमाले सरकार संकटमा माओवादी पनि सरकारबाट बाहिरियो, 

  • जेठ २३, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

सुनसरी /  केन्द्रमा फेरिएको गठबन्धनको प्रभाव ३ महिना पछि कोशी प्रदेशमा पनि परेको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा नेपाली काङ्ग्रेसले बिश्वासको मत दिएपछी एमाले र स्वतन्त्र पार्टीसङको गठबन्धन तोडिएको थियो ।

त्यसको ३ महिना पछि माओबादीले कोशी प्रदेशमा एमालेलाइ दिएको समर्थन फिर्ता लिदै काङ्ग्रेसको समर्थनमा सरकार बनाउने भएको छ ।

मंगलबार बसेको माओवादी केन्द्रको प्रदेश पदाधिकारी बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको प्रदेश कमिटी सचिव गणेश उप्रेतीले जानकारी दिए। प्रदेश पदाधिकारीको निर्णयलाई अब माओवादी प्रदेश संसदीय दलले अनुमोदन गर्नेछ।

माओवादीले समर्थन फिर्ता लिएसँगै एमालेका हिक्मत बहादुर कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ।

यसअघि सोमबार विराटनगरमा बसेको प्रदेश ससदीय दलको बैठकले दलका नेता इन्द्र आङ्बोको नेतृत्वमा नया सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो ।

सत्ता साझेदार माओवादीले साथ छाडेपछि अब मुख्यमन्त्री कार्कीसँग एमालेका ४० र राप्रपाका छ जना गरी ४६ जना मात्रै सासद रहेका छन्।
कोशी प्रदेश सरकारबाट जेठ १७ मा जसपा बाहिरिएको थियो।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved