धरान १५ का महिला हरेक कार्यमा सक्रिय "पञ्चेबाजा संरक्षणसँगै रक्तदान कार्यक्रमको आयोजना गरे"

  • जेठ १३, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / साँस्कृतिक अभियानसँगै महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले खोलिएको महिलाहरुको समूह हातेमालो उद्यमी महिला समूह र प्रगतिशील नौमति तथा पञ्जेबाजा महिला समूहले धरानको लोकतान्त्रिक चौतारीमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेका छन् ।

उद्घाटनमा प्रमुख अतिथि बोलाएर रिविन काट्ने प्रचलन भएपनि महिलाहरुले भने पञ्चेबाजा बजाएर नाचगान गरेर रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए । महिला हरेक कुरामा सक्षम छन् भन्ने सन्देश दिन पनि रक्तदान कार्यक्रम गरेका उनीहरुले बताएका छन् ।

धरान २ भानुचौकको लोकतान्त्रिक चौतारी प्राय सबैको कार्यक्रम गर्ने थलोको रुपमा परिचित छ । यहाँ विभिन्न पार्टीका आमसभा, संघ संस्थाका विभिन्न कार्यक्रम, विरोधका कार्यक्रम दिनहुजसो हुने गरेको छ ।

यी मध्ये धेरैजसो यही ठाउँमा रक्तदान कार्यक्रम हुने गरेको छ । तर हरेक कार्यक्रम गर्दा प्रमुख अथितिले रिविन काटेर वा पानसमा बत्ती बाल्ने गर्ने प्रचलन छ तर पञ्चे बाजा संरक्षणमा जुटेका ती महिलाहरुले भने सामुहिक रुपमा पञ्चेबाजा वा नौमति बाजा बजाएर उद्घाटन गरेका थिए ।

महिलाहरु हरेक कुरामा सक्षम छन् भन्ने सन्देश दिन पनि धरानको मुटु भानुचौकमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हातेमालो उद्यमी महिला र प्रगतिशील नौमति तथा पञ्जेबाजा महिला समूहकी अध्यक्ष लिला ढकालले बताइन्। उनले महिलाहरुलाई महिनैपिच्छे रजस्वला हुदा रक्तदान गर्दा अझ कमजोर हुइन्छ भन्ने भ्रम तोड्नलाई पनि यो कार्यक्रम राखिएको बताइन् ।

mahila-rakatan-pp-2222

महिलाहरुलाई विभिन्न उद्योमी तालिम दिएर आत्मनिर्भर बनाउदै पञ्चे तथा नौमति बाजा संरक्षणमा जुटेका यी महिलाहरुले सामाजिक कार्यलाई पनि सँगै लिएर गएको प्रति अन्य महिलाहरुले समेत उनीहरुको कामप्रति प्रशंसा गरेका छन् ।

महिला सञ्जाल धरानकी पूर्व अध्यक्ष एवम् हातेमालो उद्यमी महिला र प्रगतिशील नौमति तथा पञ्जेबाजा महिला समूहकी सल्लाहकार शिला बज्राचार्यले यो समूहका महिलाहरुले गरेको कामको जति प्रशंसा गरे पनि नपुग्ने बताइन् ।

धरान उपमहानगरपालिकामा भएका हरेक कार्यक्रममा सहभागी भएर पञ्चेबाजा बजाउनेदेखि लिएर महिलाहरुलाई विभिन्न तालिम प्रदान गरेर आत्मनिर्भर बनाउने र पछिल्लो समय सामाजिक कार्यमा समेत सक्रिय भएको प्रति खुलेर प्रशंसा गरिन । उनँले महिला सञ्जाल धरानले उनीहरुको हरेक गतिविधिलाई सहयोग गर्दै आएको बताइन् ।

यस्तै धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष नरेश इवारमले समेत आफ्नो वडामा समूह नै बनाएर संस्कृतिको जोगर्नासँगै महिलालाई आत्मनिर्भर बनाउने अभियान अगाडि बढाएको भन्दै उहाँहरुको काम अतुलनीय भएको बताए ।

यो समूहका लागेका महिलाहरु पछिल्लो समय हरेक कार्यमा सक्रिय छन् ।समाजमा महिलाले पनि केही न केही गर्नुपर्छ भन्ने उदाहरण यी महिलाहरुले पेश गरेका छन् ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved