नागरिक समाजका अगुवा पहाडी र मेयर कोइरालाबीच भेटवार्ता

  • जेठ ११, २०८०
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति तथा नागरिक समाजका अगुवा कृष्ण पहाडीले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाबीच भेटवार्ता भएको छ ।

उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीसमेतको उपस्थितिमा भएको छलफलमा पहाडीले सुशासन, वैज्ञानिक शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवामा महानगरले जोड दिनुपर्ने सुझाव दिए ।

सो अवसरमा उनले सीमाकृत वर्ग र जातका मानिसहरुको शिक्षा र स्वास्थ्यमा महानगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । त्यसका लागि सीमाकृत वर्गको पहिचान गर्नुपर्ने बताए । पहाडीले महानगरको विकासका लागि सम्बन्धित निकायमा आफूहरुको तर्फबाट पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

आजको युग प्रविधिमैन्त्री युग भएकाले सेवा प्रवाहलाई समेत प्रविधिमैत्री बनाउनु आवश्यक रहेको औंल्याए ।

भेटघाटमा मेयर कोइरालाले सुशासन, शिक्षा र स्वास्थ्य उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी गराएका थिए । उनले सीमित बजेटका बाबजुत पनि जनताका चाहना पूरा गर्न महानगर लागिपरेको उल्लेख गरे । भेटघाटमा शान्ति समाज मोरङका सभापति प्रा.डा. जीवन ढकाल, सचिव अशोक लामा, अर्जुन श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

नग्न तस्बिर सार्वजनि ...

काठमाडौं/ सामाजिक सञ्जालमार्फत एक महिलालाई सम्पर्क ...

इस्कोनद्वारा आयोजित ...

धरान/ नेपालको प्रतिष्ठित शैक्षिक संस्था नवोदय कलेजकी छा ...

हुलाकको पार्सलमा थाई ...

धरान । हुलाकमार्फत नेपाल भित्र्याइएको थाई गाँजासहित धरा ...

प्रधानमन्त्री कोषमा ...

काठमाडौं/ रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved