‘जीवन स्तर उकास्ने राज्यको नीति नै छैन’ "साना व्यवसायीलाई राज्यबाट उपेक्षित"

  • चैत ३०, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान । साना व्यवसायीहरुलाई राज्यबाट हेर्ने दृष्टिकोणमा फरक रहेको व्यवसायीहरुले बताएका छन् । नेपाल साना उद्योग व्यवसायी संघ प्रधान कार्यालय धरानको २२ औ साधारणसभा तथा १० औ अधिवेशन कार्यक्रमका अवसरमा व्यवसायीहरुले यस्तो गुनासो गरेका हुन् ।

धरान २० माछामारामा रहेका गोर्खा स्मृति पार्कमा आयोजित कार्यक्रममा बोल्दै पूर्व अध्यक्ष झलकमान श्रेष्ठले साना व्यवसायिक अहिले पीडामा रहेको बताएका छन् । उनले कोरोना सक्रमणको असर अहिलेसम्म रहेको बताए । उनले भने–‘कोरोना संक्रमणको असर अहिलेसम्म छँदैछ, फेरि आर्थिक संक्रमण भएको छ, साना व्यवसायीहरुको रोजीरोटी गुम्ने अवस्थामा छ, सरकारले यस्ता व्यवसायीका लागि कुनै राहत प्रदान गरेको छैन ।’

उनले यसको बाबुजुद पनि संघले अहिले ६ जिल्लामा शाखा खोलिसकेको बताए । सानो लगानीमा सञ्चालनमा आएका यस्ता व्यवसायीहरुलाई राज्यबाट बढी कर असुली गर्ने, थेग्न नसक्ने गरी भएको घरभाडाका कारण व्यवसायबाट नै विस्थापित हुनुपर्ने अवस्था आएको बताए ।

यस्तै नेपाल साना उद्योग व्यवसायी संघका अध्यक्ष उद्धव पौडेलले आन्तरिक राजस्व कार्यालयले आयोजना गरेका हरेक कार्यक्रममा साना व्यवसायीहरुको पीडाका विषयमा सुनाउने गरे पनि त्यसको सुनुवाई नहुने गरेको बताए । उनले भने–‘साना व्यवसायीहरुलाई परेका पीडा, व्यवसायिक कठिनाई, व्यवसायिकको हक अधिकारका विषयमा समय समयमा कुरा उठाएका छौं, तर साना व्यवसायीलाई सम्बन्धित पक्षले हेर्ने दृष्टिकोणमा फरक नआउँदा यस्ता समस्या कहिल्यै समाधान भएनन् ।’

सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका कोशी प्रदेशका सांसद रमेश बस्नेतले साना व्यवसायीहरुलाई पनि करको दर निर्धारण गर्ने, राजस्व परामर्श, बजेट निर्माण प्रक्रियामा सानना व्यवसायीहरुलाई सहभागि गराउनुपर्नेमा जोड दिए उनले भने–‘साना व्यवसायीहरुलाई पनि यस्ता कार्यमा समावेश गरेमा संस्थाप्रति व्यवसायीको विश्वासनीयता बढेर जान्छ ।’

उनले राज्यले उनीहरुको व्यवसायिक सरक्षण, उनीहरुको व्यवसायीलाई बजारीकरण गर्न सहयोग गर्नुपर्नेमा जोड दिए । सो अवसरमा ७ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा धार्मिक अभियन्ता तथा समाज सेवी पितरुमाल अग्रवाल, समाज सेवी अनिता अटल, समाजसेवी केशव अधिकारी, समाजसेवी इन्द्रनाथ वास्तोला र सञ्चारकर्मी विनय प्रधानलाई सम्मान गरिएको थियो ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved