‘अरुको कुरा स्वीकार गरिएन भने अपाङ्ग हुइन्छ’

  • चैत २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानूनका विद्यार्थीहरु सामााजिक इन्जिनियर (सोसियल इन्जिनियर) भएकाले उनीहरुले समाजलाई अपाङ्ग हुनबाट बचाउनुपर्ने बताएका छन् । मङ्गलबार विराटनगरस्थित ब्राइट भिजन ल कलेजको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।

उनले मेरो मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र भूगोल र मेरो मात्र पहिचान सबै कुरा हो भन्दै र अरुको कुरालाई स्वीकार गर्दिन भन्न थाल्यौ भने हामी अपाङ्ग भएर अगाडि बढ्न नसक्ने दृष्टान्त प्रस्तुत गर्दै सोसियल इन्जिनियरका रुपमा रहेका कानुनका विद्यार्थीहरुले यो कुरा समाजलाई राम्रोसँग बुझाउनु पर्ने बताए ।

मुख्यमन्त्री कार्कीले भने ‘मेरो मात्र भाषा, मेरो मात्र संस्कृति, मेरो मात्र पहिचान, मेरो मात्र भूगोल सबै कुरा हो कसैले भन्छ भने त्यो अपाङ्ग हुन्छ । जसरी एउटा मानिस सपाङ्ग भएर अघि बढ्न उसको शरीरका सबै अङ्गहरु उत्तिकै ढङ्गले चल्न आवश्यक छ त्यही नियम समाजमा पनि लागू हुन्छ । 

उनले नेपालमा निजी क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाले कानूनको जनशक्ति उत्पादनमा भरथेग गरेको चर्चा गर्दै राज्यले पुरै लगानी गरेर भौतिक संरचना बनाइदिएका शैक्षिक संस्थाहरु दिन प्रति दिन कमजोर बन्दै गएको बताए ।

उनले कानुनको राम्रो विद्यार्थी, राम्रो कानून व्यवसायी (लयर) र कानुन विषयको राम्रो शिक्षक भएर निस्कने चाहना राखेर आफूले कानुन विषयको पढाई सुरु गरे पनि आफ्नो धेरै समय विद्यार्थी राजनीतिमा खर्चिनु परेका कारण तीनवटै कुरा पूरा गर्न नसकेको स्मरण गराउँदै नयाँ पुस्तालाई यी कुरामा जोडिन र मनन गर्न अनुरोध गरे ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved