जुत्ता–चप्पल बनाउने तालिम सम्पन्न

  • चैत २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर / विराटनगर–८ स्थित समृद्धि नेपालको आयोजनामा घरेलु जुत्ता–चप्पल बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ ।विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १५ दिने तालिम आज सम्पन्न भएको हो ।

स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले जुत्ता–चप्पल बनाउने तालिम सञ्चालन गरिएको समृद्धि नेपालकी अध्यक्ष माया ओझाले बताउनुभयो ।

तालिममा सहभागीहरुलाई विराटनगर वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, महानगरकी सामुदायिक शाखाकी प्रमुख अनिता कोइराला, महानगरका प्रेस सल्लाहकार मीनकुमार नवोदित, गैरसरकारी संस्था मोरङका अध्यक्ष विष्णु शर्मा, समाजसेवी गणेशप्रसाद पोखरेल, आयोजक संस्थाका सल्लाहकार सुधीर रेग्मी, सचिव हीराकाजी श्रेष्ठलगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

समृद्धि नेपालकी उपाध्यक्ष सीता लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा राधिका खवासलाई उत्कृष्ट प्रशिक्षार्थीका रुपमा पुरस्कृत गरिएको थियो ।सहभागीहरुलाई मालती आचार्य र मोहन आचार्यले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागीका तर्फबाट चन्द्रकला उप्रेती, मीना दंगालले मन्तव्य व्यक्त गर्दै तालिम धेरै नै उपलब्धिमूलक भएको बताए । तालिममा २१ जना महिला सहभागी भएको आयोजक संस्थाकी सहसचिव सिर्जना खड्काले जानकारी दिइन् ।

विराटनगर–८ स्थित समृद्धि नेपालको आयोजनामा घरेलु जुत्ता–चप्पल बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ ।

विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित १५ दिने तालिम आज सम्पन्न भएको हो । स्थानीय महिलाहरुलाई स्वरोजगार बनाउने उद्देश्यले जुत्ता–चप्पल बनाउने तालिम सञ्चालन गरिएको समृद्धि नेपालकी अध्यक्ष माया ओझाले बताउनुभयो।

तालिममा सहभागीहरुलाई विराटनगर वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, महानगरकी सामुदायिक शाखाकी प्रमुख अनिता कोइराला, महानगरका प्रेस सल्लाहकार मीनकुमार नवोदित, गैरसरकारी संस्था मोरङका अध्यक्ष विष्णु शर्मा, समाजसेवी गणेशप्रसाद पोखरेल, आयोजक संस्थाका सल्लाहकार सुधीर रेग्मी, सचिव हीराकाजी श्रेष्ठलगायतले प्रमाणपत्र प्रदान गरेका थिए ।

समृद्धि नेपालकी उपाध्यक्ष सीता लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा राधिका खवासलाई उत्कृष्ट प्रशिक्षार्थीका रुपमा पुरस्कृत गरिएको थियो ।सहभागीहरुलाई मालती आचार्य र मोहन आचार्यले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा सहभागीका तर्फबाट चन्द्रकला उप्रेती, मीना दंगालले मन्तव्य व्यक्त गर्दै तालिम धेरै नै उपलब्धिमूलक भएको बताए । तालिममा २१ जना महिला सहभागी भएको आयोजक संस्थाकी सहसचिव सिर्जना खड्काले जानकारी दिइन् ।

लेटाङ र बुद्धको जन्म ...

मोरंग । उत्तरी मोरङ जिल्लामा रहेको लेटाङ नगरपालिका र गौ ...

सुनसरीबाट ३० वर्षीया ...

सुनसरी /सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाबाट अन् ...

दोस्रो म्याद पनि सकि ...

बिर्तामोड/ झापाको बिर्तामोडदेखि सदरमुकाम चन्द्रगढी ...

परीक्षा सकिएको महिना ...

काठमाडौँ/करीब एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved