नेपाल–भारत साहित्य महोत्सवको आयोजना

  • चैत ५, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

विराटनगर /  विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा शुक्रबारदेखि विराटनगरमा तीनदिने साहित्य महोत्सव सुरु भएको छ ।
महोत्सवको पूर्वप्रदेश प्रमुखसमेत रहनु भएका वरिष्ठ साहित्यकार प्रा.डा. गोविन्दबहादुर तुम्वाहाङले उद्घाटन गरे । तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाल र भारतका साहित्यकारहरुले सिर्जना वाचनसँगै विभिन्न विषयमा कार्यपत्र प्रस्तुत र कृतिहरु विमोचन गरिनेछ ।

कार्यक्रमलाई सम्बोधन गर्दैै तुम्वाहाङले महोत्सवले दुई देशबीचको सम्बन्धलाई थप बलियो बनाउने धारणा राखे । उनले नेपाल र भारतबीच धार्मिक र सांस्कृतिक सम्बन्धलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिए । समाज रुपान्तरणमा साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

अग्रज साहित्यकार प्राज्ञ दधिराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा, विराटनगरमा मेयर नागेश कोइराला, चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष प्राज्ञ गंगा सुवेदी, प्राज्ञ विवश पोखरेल, अग्रज साहित्यकार डा. घनश्याम न्यौपाने परिश्रमी, भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीका अध्यक्ष डा. विजय पण्डित, कार्यक्रम संयोजक देवी पन्थी, साहित्यकारसमेत रहेका विराटनगर महानगरपालिकाका प्रेस सल्लाहकार मीनकुमार नवोदित, सार्क कल्चरल सोसाइटी नेपालका अध्यक्ष राजेन्द्र गुरागाईं, साहित्यकार गोकुल अधिकारीलगायतले नेपाल–भारत साहित्य महोत्सवले दुई देशबीच सम्बन्धलाई थप बलियो बनाउने विचार राखेका थिए ।

विराटनगर ठाकुरवाडी रोडस्थित रामजानकी सेवा सदनमा सुरु महोत्सवमा भारतबाट ६० र नेपालबाट २ सयभन्दा बढी साहित्यकारको सहभागिता रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा ‘नेपाल–भारत साहित्यिक, सांस्कृतिक, ऐतिहासिक तथा आध्यात्मिक महत्व’, विराटनगरको ऐतिहासिक महत्व तथा महाभारतकालदेखिको सम्बन्ध’, बहुभाषी कवि सम्मेलन हुनेछ । त्यस्तै साहित्यिक÷सामाजिक परिचर्चा, पर्यावरण विमर्शका साथै गजल, जारु वाचनसमेत हुने पण्डितले जानकारी दिए । विराटनगर घोषणापत्र जारी गर्दै चैत ५ गते महोत्सव समापन हुनेछ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved