बसाइसरी आउनेलाई निःशुल्क स्वास्थ्य बिमा

  • चैत १, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

इलाम / पछिल्लो समय तराई क्षेत्रमा बसोबासका लागि बसाई सराइ गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा, यातायातको सुविधा नभएको कारण तराई क्षेत्रमा बसोबास गर्नेको संख्या बढ्ने गरेको हो ।

जनसंख्या दिन दिनै घट्ने र बसाई सराइले गाउँ सुनसान हुन थालेपछि इलाम नगरपालिकाले बसाईसरी आउनेलाई निःशुल्क स्वास्थ्य बिमा गरी सम्मान गर्न थालेको छ ।
वडा कार्यालयमा एक कार्यक्रम गरि अन्य पालिकाबाट बसाँईसरी आउन प्रोत्साहन होस् भन्ने उदेश्यले आउनेहरूलाई सम्मान गरेको वडा कार्यालयले जनाएको छ ।

नगरपालिकाको नीति तथा कार्यक्रमबाटै बसाँईसराई गरी आउनेहरूलाई सम्मान गर्ने जनाएको हो । जस अन्तर्गत वडा नं ४ ले आफ्नो वडामा आएका ११ जनालाई सम्मान गरेको हो ।
नगर प्रमुख केदार थापाले माला, ढाका टोपी र सम्मान पत्रले सम्मान गरे ।

इलामका अन्य पालिका र विभिन्न जिल्लाबाट बसाँईसरी आएका व्यक्तिलाई सम्मान साथै आउनेहरूको निःशुल्क स्वास्थ्य विमा गरिएको वडा अध्यक्ष नुतनदेव दुलालले जानकारी दिए । बसाईसरी आउनेहरूमा सन्दकपुर गाउँपालिका, सूर्योदय नगरपालिका लगायत अन्य ठाउँबाट पनि आएर बसोबास गरेका छन् ।

वडा कार्यालयले आफ्नो वडामा बसोबास गरेका ४३ जना कृषकलाई १२ जातको तरकारीकोको बिउ वितरण वितरण गरेको छ । वडालाई कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यले तरकारी खेती सम्बन्धी २ दिने तालिम समेत सञ्चालन गरेको थियो । तालिम पश्चात् उक्त किसानलाई प्लास्टिक टनेल, गाडेन पाइप,कुट्टो र पाँच सय कृषकलाई बिउ वितरण गरेको वडाध्यक्ष दुलालले बताए ।

नापतौल जाँचपास र नवी ...

धरान/ सुनसरी उद्योग वाणिज्य संघले व्यापारीहरुलाई न ...

सात वर्षदेखि ओछ्यानम ...

झापा/ विगत सात वर्षदेखि दुर्घटनामा परेर अपाङ्ग भई ...

दोस्रो पानबारी गोल्ड ...

धरान । सुनसरीको धरानमा दोश्रो पानबारी गोल्डकप फुटबल प्र ...

पूर्वमेयर शिवाकोटी २ ...

झापा/ आफ्नै धर्मछोरीलाई बलात्कार गरेको आरोप लागेका झापा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved