कलाकार संघ सुनसरी अध्यक्षमा हेमन राई

  • फागुन २९, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / किरात राई साँस्कृतिक कलाकार संघ, सुनसरीको अध्यक्षमा हेमन चाम्लिङ राई सर्वसम्मत निर्वाचित भएका छन् ।
धरान–१० स्थित यलम्बर स्मृति संग्राहलयको सभाहलमा आज (शनिबार) सम्पन्न कलाकार संघको छैठौं जिल्ला सम्मेलनले राईको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् ।

संघको उपाध्यक्षमा दिलु बान्तावा राई, सचिबमा सजेष्ट घायल कुलुङ राई (निश्चल), सह–सचिबमा उमा चाम्लिङ राई, कोषाध्यक्षमा सुनिता बान्तावा राई र सह–कोषाध्यक्षमा निलिमा साम्पाङ राई निर्वाचित भएका छन् । सदस्यहरुमा तारा बान्तावा राई, सुदेश बान्तावा राई, विकाश राई र स्मृति लिम्बु (राई) निर्वाचित भएका छन् । सम्मेलनको बन्दसत्रमा संस्थाको कार्यप्रगती प्रतिवेदन सचिब हेमन चाम्लिङ राई र आर्थिक प्रतिवेदन कोषाध्यक्ष ममता राईले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा गायक तथा संगीतकार मिलन राईलाई सम्मानित गरिएको थियो । गायक तथा संगीतकार राईलाई कार्यक्रमका प्रमुख अतिथी किरात राई साँस्कृतिक कलाकार संघका केन्द्रीय अध्यक्ष रामकर राई र संस्थाका निवर्तमान अध्यक्ष जयकला राईले किराती परम्परा अनुसार फेटा र सम्मान पत्र प्रदान गरेर सम्मान गरिएको हो ।

किरात राई समुदायको भाषा, कला, संस्कार, संस्कृतिको प्रवर्धनमा टेवा पुग्ने ‘चोमोलुङमा फेदी किराती गाउँ’ र विनायो बज्यो ओठैले’ बोलका दुई गीतहरु आफ्नै शब्द र संगीतमा कलाकार संघलाई उपलब्ध गराई योगदान गरेको भन्दै गायक तथा संगीतकार राईलाई सम्मान गरिएको संस्थाको नवनिर्वाचित अध्यक्ष हेमन चाम्लिङ राईले जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी राईले किराती भाषा, संस्कार र संस्कृतिलाई अध्ययन गरेर थप परिमार्जन गदै लानु पर्नेमा जोड दिए । कार्यक्रममा किरात राई यायोक्खा, सुनसरीका अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष एबंम लेखक जनकऋषि राई, कलाकार संघका केन्द्रीय सचिब सुरज मेवाहाङ, संस्थाका पूर्व सह–सचिब शम्भु राई ‘पृथक’, संस्थाका पूर्वअध्यक्ष महेन्द्र राई, पूर्वअध्यक्ष चन्द्र बान्तावा राईलगायत किरात राई यायोक्खाको भातृ, भाषिक तथा धरान नगर र वडा कार्यसमितिका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

प्रकृति र पुर्खापूजा ...

काठमाडौं/ किरात समुदायले प्रकृतिपूजक महान चाड उभौल ...

आज २५६९औँ बुद्धजयन्त ...

काठमाडौं/शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन ...

वराहक्षेत्रमा न्यायि ...

वराहक्षेत्र/सुनसरीका विभिन्न स्थानीय तहका न्यायिक समिति ...

लोकतन्त्रको सुन्दर फ ...

धरान ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved