ओखलढुंगामा दुर्घटना दुईको मृत्यु १२ घाइते

  • फागुन २२, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

ओखलढुंंगा /  ओखलढुंगामा बोलेरो गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ घाइते भएका छन् ।
जिल्लाको चिसंखुगढी गाउँपालिका–३ स्थित भित्री सडक खण्डमा बोलेरो गाडी दुर्घटना आइतबार बिहान दुर्घटना भएको थियो ।

दुर्घटनामा परी २ जनाको घटना स्थलमा मृत्यु भएको छ भने १२ घाइतेको अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आइतबार बिहान पौने ८ बजे ओखलढुंगाको खानिभञ्याङबाट सदरमुकाम आउँदै गरेको ना.१ ज ८४८३ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट करिव १ सय मिटर तल खसेको थियो ।

दुर्घटनामा परी चिसंखुगढी–३ का ५२ बर्षीय मिन बहादुर श्रेष्ठ र ७० बर्षीय भक्त बहादुर थापाको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परी घाइते भएका चालक सहित १० जना घाईतेहरुलाई उद्घार गरी उपचारको लागि सिम्रिक एयरको हेलिकप्टरद्वारा काठमाण्डौ लगिएको जानकारी दिए । दुई जनालाई भने एम्बुलेन्सद्वारा मिसन अस्पताल ओखलढुंगा पठाएको छ प्रहरी निरीक्षक दासले बताए ।

प्रहरी निरीक्षक दासका अनुसार घाइतेमध्ये चालक चिसंखुगढी–१ का २५ बर्षीय सुमन कार्की, यात्रुहरु– चिसंखुगढी–१ का ४० बर्षीय केन्द्र बहादुर कार्की, २२ बर्षीय खेम बहादुर खत्री, चिसंखुगढी–२ कि ५७ बर्षीया तिल कुमारी श्रेष्ठ, १३ बर्षीया आयुशा श्रेष्ठ, चिसंखुगढी–३ कि २६ बर्षीया सर्मिला श्रेष्ठ, उनको ४ बर्षीया छोरी लरिसा श्रेष्ठ, सिद्धिचरण नगरपालिका–१० कि ४० बर्षीया तुलसा धमला उनको २ बर्षीय छोरा बिनय धमला र चिसंखुगढी–३ कि ५० बर्षीय तिर्थलक्ष्मी श्रेष्ठलाई काठमाण्डौ लगाएको छ

भने मोलुङ गाउँपालिका–१ कि ३५ बर्षीया जानुका धमला र उनको छोरा ४ बर्षीय कोसिस धमलाको मिसन अस्पताल ओखलढुंगामा उपचार भइरहेको छ । मृतकको शवको पोष्टमाठर्टम जिल्ला अस्पताल खोटाङमा गरिएको प्रहरीले जनाएको छ ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved